घरभित्रै प्रेमिकाको हत्या

अपहणको अपराध लुकाउन घरभित्रै प्रेमिकाको हत्या

व्यापारी लुटेपछि किशोर गिरी र सरोज घोरासैने दुई–दुई लाख रुपैयाँ लिएर ट्याक्सी चढी भक्तपुर गए। प्रकाश राधिकासँग अर्काे ट्याक्सी चढेर बागेश्वरीस्थित आफ्नो घर पुगे। सो घरमा कोही बस्दैन थिए। बेलुका चारैजना घरमा जम्मा भएका थिए। पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै थियो। अग्रवालकै पसलमा काम गर्ने भएकाले सुुरुमा राधिकामाथि नै अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो। त्यही डरले उनले पैसाका लागि प्रेमिकाकै हत्या गरे आफूहरू जोगिने विश्लेषण गरे। सोहीअनुसार व्यापारी अग्रवाललाई हातखुट्टा बाँधेकै शैलीमा उनको पनि हातखुट्टा बाँधी मुखमा पट्टी लगाएपछि सलले घाँटी कसेर हत्या गरेका थिए। शवलाई बोरामा हालेर घरबाट करिब तीन सय मिटर टाढा रहेको मुहानपोखरीमा उनलाई गाडिएको अपराध महाशाखाका डिएसपी अजय केसीले बताए।

हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारत गए। सरोज भने काठमाडौंमै बस्दै आएका थिए। किशोर भारतबाट फर्र्र्कंदै गर्दा बुधबार साँझ विमानस्थलबाट पक्राउ परेका हुन्। सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन्। उनी प्रकाशकै परिवारसँग बस्दै आएका थिए। गत २० फागुनमा मात्र युवतीको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनको हत्या भएको खुलेको थियो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राधिकाका आमा तथा आफन्तहरूले रु“दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

कल डिटेल नपाउँदा युवतीको मृत्यु?
गत ५ फागुन साँझबाटै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। तर, प्रहरीले कल डिटेल भने भोलिपल्ट बेलुका मात्र प्रहरीले पायो। त्यो अवधिसम्म अपहरणकारीहरू सजिलै भाग्न सफल भए। यदि तत्काल कल डिटेल र लोकेसनसम्बन्धी विवरण पाएको भए युवतीको ज्यान जोगिन सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। सर्वाेच्च अदालतले अदालतको आदेशमा मात्र कल डिटेल लिन पाउने आदेश दिएपछि प्रहरीले भोलिपल्ट अदालतबाट आदेश लिएर कल डिटेल झिकाएको थियो। समयमै कल डिटेल नपाउँदा अनुसन्धान प्रभावित भएको डिएसपी केसी बताउँछन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16920