अमेरिकी गायक बाग्लुङ बजारमा…

कमल कुमार पुन/ एचकेनेपाल डट कम

आउ है मायाँ काली पुल तरेर
चोखो मायाँ लगाउनी गरेर
यही दिल भित्र फुलाम फुलाम भो
यति राम्री पर्वते मयालाई, बाग्लुङ बजार डुलाम डुलाम भो ।

चन्चले मन बैँसालु चोला छ
कालीपारे मायाले बोला छ
त्यही दिल भित्र फुलम फुलम भो
यति राम्रो बाग्लुङ्गे मायासँग, बाग्लुङ बजार डुलम डुलम भो।

माथि उल्लेखित गरिएका गीति हरफहरु भर्खरै बजारमा आएको गीति कोशेली “बाग्लुङ बजार डुलाम–डुलाम भो” पञ्चेबाजा गीतमा संग्रहित केही अंशहरु हुन्।

बाग्लुङ जिल्ला तंग्राम गा.वि.स (हाल काठेखोला गाउँपालीका–४) आमा विष्णुमाया पुन र वुवा मनिप्रसाद पुनको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मिएका एक होनहार, असाधारण प्रतिभाशाली लोक गायक तथा कुशल सर्जक खेम पुनद्धारा बजारमा ल्याइएको र अत्यन्तै आशा गरिएको गीत हो।

हाल अमेरिकालाई कर्मथलो बनाएका पुन एक अव्वल लोक दोहोरी गायकका रुपमा चिर–परिचित छन््। बाग्लुङ महोत्सव २०५९, पर्वत महोत्सव २०६० मा क्रमशः पहिलो र दोस्रो स्थान र दर्जनौं प्रतियोगीताहरुमा सफलता हाँसिल गरेका पुन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुलाई पछाडि पार्दै आफूलाई प्रतिभावान लोक दोहोरी गायकको रुपमा प्रमाणित गरिसकेका एक कुशल सर्जक हुन्।

नेपाली साहित्यमा त्रिभुवन विश्व–विद्यालयबाट स्नातकोत्तर गरेका गायक पुन जीवन भोगाइहरु र सामाजिक परिवेशका विषयवस्तुलाई गीत मार्फत छताछुल्ल बनाउन सक्ने एक कुशल र सफल शब्द शिल्पकारको रुपमा आफूलाई चिनाउन सफल भैसकेका छन् । लोक संगीतलाई समाजको दर्पण मान्ने गायक पुन लोक गीतले समाजको भाका बोल्नुपर्छ, जीवनका भोगाइहरुलाई ओकल्नुपर्छ र लोक अभिव्यक्ति बोक्नुपर्छ भन्ने धारणा व्यक्त गर्छन । लोक संगीत मन मस्तिस्कले सजिलै ग्रहण गर्न सक्ने, जन जिब्रोमा टपक्कै झुन्डीने र लोक भोगाइहरुको प्रतिनिधित्व हुने खालको हुनु पर्दछ भन्ने गायक पुन लोक संगीत क्षेत्रको विकास सँगै आएका विकृतिप्रति भने निकै चिन्तित् देखिन्छन्।

केहि समय अगाडि निकै चर्चित गित “ए परदेशी फर्की आऊ” बोलको गीत लोक संगीत क्षेत्रलाई दिएका गायक पुन थुप्रै सिर्जनाहरु समय अभाव र विविध कठिनाइहरुको कारणले लोक संगीत क्षेत्रलाई दिन नपाएकोमा दुःख व्यक्त गर्दछन् । “लौन माया पर भो” ,”देउतै भेटियो” ,”बाग्लुङ जिल्ला बोंघादोभान”, ” टुप्पी बाटेर”, “मनमा आगो सल्काएर गयौ” लगायत दर्जनौँ गित संगीत दिएर लोक संगीतलाई समृद्ध बनाएका गायक पुनले आगामी दिनमा पनि उत्कृष्ट गीत संगीत लिएर बजारमा आउने प्रतिबद्धता व्यक्त गर्दछन्।

बाग्लुङ र पर्वतको सेरोफेरोलाई पृष्ठभूमि बनाएर तयार पारिएको पछिल्लो पञ्चे बाजा गितमा बाग्लुङको तरुण युवा र पर्वतकी तरुण युवती विचको एकल बैँसालु भोगाईलाई छिट्टै बरबधुको रुपमा दाम्पत्य जीवन भोगाइको रुपमा प्राप्त गर्ने उत्कत र सुन्दर अभिलाषालाई गीतमार्फत व्यक्त गरेका छन् । जवानी र सुन्दरताले भरिएकी पर्वते मैयाँलाई बधुको रुपमा पाएर स्वप्नील मायावी संसारको कल्पनामा हराएका गायक नजिकको कालीका भगवतीलाई साक्षी राखेर, बाघको शालिकको पृष्ठभूमिमा सेल्फी खिचेर बैवाहिक जीवन सुरु गर्न भने गीतमा चुकेका छन्।

विन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको यस उत्कृष्ट सृजानालाई चर्चित संगीतकार तथा कुशल एरेन्जर वि.वि अनुरागीले सुन्दर ढंगमा सँगीत संयोजन गरी गस्तलाई उत्कृष्ट बनाउन कहिँकतै चुकेका छैनन् । पञ्चे बाजामा पछिल्लो समय निकै जमेकी लोक दोहोरी गायिका जुना श्रीस मगरको कालजयी स्वरले गीतलाई थप उत्कृष्ट बनाएको छ । गीतको भावलाई श्रव्य दृष्यमार्फत व्यक्त गर्ने चर्चित निर्देशक तथा मोडल शंकर वि.सी यसपटक पनि आफूलाई कुशल निर्देशक सावित गरेका छन् । मोडल रञ्जिता गुरुङ र हास्यपात्रको रुपमा निर आलेको भूमिका प्रशसनीय छ।

विन्धबासीनी म्युजीकको यु–ट्युब च्यानल मार्फत बजारमा आएको गीतलाई कृष्ण फिल्मस एण्ड एड्भरटाइजीङले निर्माण गरेको हो।

प्रस्तुत पञ्चे बाजा गीतलाई माया गरेर लोक संगीतको प्रबद्धन गर्ने हाम्रो जिम्मेबारी र दायित्वलाई बोध गरि गायक तथा सर्जकको गायकी र शिल्पलाई अगाडि बढाउन र हौसला प्रदान गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गरौँ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16971