मेलिना र रेवत राईको युगल ‘अलग उपहार’ चैत्र १७ देखि बजारमा

भुमिराज राई / एचकेनेपाल डट कम –

अलग आर्ट हबको आयोजनामा अहिलेका अत्यन्तै ब्यबसायिक सफलता हासिल गर्दै सबैको रोजाईकी गायिका बन्न सफल मेलिना राई र प्रतिभाशाली गायक रेवत राईको युगल गायन रहेको गीति एल्बम “अलग उपहार” चैत्र १७ गते लोकार्पण गरिने भएको छ।

मण्डला थिएटर अनाम नगरमा आयोजना हुने “अलग उपहार” लोकार्पण कार्यक्रमका लागि उत्पादक ई-मेडिया हबका सिईओ ईश्वर चाम्लिङ युके देखी काठमाण्डौ पुगेर आयोजक अलग आर्ट हब सँगको सहकार्यमा आयोजना हुने कार्यक्रमको तयारिमा जुटिसकेका छन्।

बेलायतमा रहेका युवा गीतकारहरु; ईश्वर चाम्लिङ्, मुकेश राई, नबराज राई, बिश्वकाजी राई, जगत नबोदित, हेम कुमार राई, डिल्ली राम राई र किरण चम्लिङ्को शब्द रचना समेटिएको सबै गीतहरुमा गायक रेवत राई र गायिका मेलिना राईको युगल गायन रहेको छ।

अलग उपहारमा नेपालका लोकप्रिय सँगीतकारहरु; बसन्त सापकोटा, तारा प्रकाश लिम्बु, शान्तिरम राई, अर्जुन पोख्रेल, महेश खड्का र आभा मुकारुङको लय सुन्न सकिने छ।

उत्कृष्ठ ठहरिएका संगीत संयोजकहरु; पबिधन खालिङ, उदय राज पौड्याल, दिनेश सुनाम, धिरज श्रेष्ठ, महाराज थापा, सहस थापा र आमोस तामाङको सँगीत संयोजन रहेको छ ।

अधिकांश गीतहरुको म्युजिक भिडियो समेत तयार भएर युट्युब मार्फत ई-मेडिया हबको युट्युब च्यानल मार्फत सार्बजनिक भएका छन्।

“तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहाना” र “अलिकति प्रीतको नसा” को म्युजिक भिडियो युट्युबमा उपलब्ध रहेका छन ।

“अलग उपहार” मा आपाको छोरी, यो हाम्रो नाता, जिन्दगीको गोरेटोमा, तिमी मेरो जिन्दगीको, आज हामी, मेरो मनको मित, तिम्रो घरको र अलिकति प्रीतको बोलका जम्मा ८ गीत समाबिष्ट छन्।

गायक रेवत राई र गायिका मेलिना राईको महत्वकांक्षी गीती एल्बम “अलग उपहार” लाई अलग बनाउन कुनै कसर नछाडी सम्भब भएका सबै कुरा पुरा गरेर एल्बम तयार गरिएको गायक रेवतले जानकारी दिए।

ख्याती प्राप्त सफल सँगीतकारदेखि अत्यन्तै सफल सँगीत संयोजकहरुलाई समेटेर एल्बम तयार परिएको छ।

हरेक गीतलाई सकेसम्म फरक बनाउन सँगीतकार, गीतकार र संगीत संयोजक फरक फरक राखिएको मात्र नभै रेकर्डिङ स्टुडियो पनि फरक फरक प्रयोग गरेर एल्बम तयार भएको छ। काम गर्न असजिलो, असुबिधा भए पनि एल्बमका गीतहरुमा फरक पन सहित उत्कृष्ठतम परिणामको लागि समय सँगै लगानी पनि खर्च गरेर उत्कृष्ठ एल्बम श्रोताहरु सामु सुम्पने तयारी गरेको बताए गायकले।





Comments

comments

Leave a Reply

16986