काँग्रेसमा गुटको राजनीति हाभी – नेताद्वय मल्ल र बिष्ट

महेश मल्ल

न्यूयोर्क। नेपाली जनसम्पर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डा.सुरेश मल्ल र अछामका पूर्व सांसद एवं काँग्रेस नेता रामबहादुर बिष्टसंग नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्थाका बारेमा एक अनौपचारिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

सदा भन्दा फरक ढाँचाले संचालन गरेको उक्त कार्यक्रममा दुवै नेताले अहिले काँग्रेसभित्र गुटको राजनीति बढी हाभी भएकाले त्यसबाट काँग्रेसलाई जोगाउँनु पर्ने कुरा राख्दै, अमेरिकामा कसैको होइन मात्र संगठनको मान्छे बनिदिन सबैलाई आग्रह गरेका थिए।

दुईखाले अतिवादी बिचारका कारण अहिले मुलुकले समस्या झेलिरहेको हुनाले यसबाट निकास दिनका लागि काँग्रेसको मध्यमार्गी बिचार सर्वोकृट भएको कुरा समेत नेताद्वयले राखेका थिए । देशमा लोकतन्त्र खतरामा पर्दा, प्रवासी नेपालीहरूले लोकतन्त्रलाई जोगाउँनका निमित्त खेलेको भूमिकाको स्मरण गर्दै नेताहरूले उच्च सम्मान समेत व्यक्त गरेका थिए।

विदेशमा बस्ने नेपालीहरूले प्राप्त गरेको ज्ञान, सिप र सम्पति सबै कुराको खाँचो र आवश्यकता यतिवेला मुलुकलाई भएकाले सकेको सहयोग देशलाई गर्न समेत नेताद्वयले उपस्थित सबैलाई अनुरोध गरेका थिए। अन्त्यमा दुवै नेताले छोटो समयका बावजुद कार्यक्रमको आयोजना गरिदिएकोमा न्यूयोर्क च्याप्टर र न्यूयोर्कवासी नेपालीलाई आभार प्रकट गर्दै धेरै धन्यवाद व्यक्त गरेका थिए।

नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, संगठन विभाग प्रमुख वेद प्रसाद खरेल, पूर्व संयोजक विष्णु सुवेदी, केन्द्रीय सदस्य सुवास तामांग, पूर्व महासमिति सदस्य बीरेन्द्र मानन्धर, एनआरएनका उपसभापति बन्दना कोईराला, केन्द्रीय सदस्य हरीश चन्द्र हमाल, च्याप्टरका सचिव रामहरी अधिकारी, दिलेन्द्र रावल, संजिव श्रेष्ठ, मकेन्द्र बहादुर सिंह लगायतको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो।

न्यूयोर्क शहरको कुईन्स बोरोमा अवस्थित मालिडंगो नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रमको संचालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी च्याप्टरका उप-सभापति अमर तामांगले सम्मालेका थिए । च्याप्टरका सभापति रोशन ढुंगनाले भने आफ्नो कार्य व्यस्थताका कारण उपस्थित हुन नसकेको कुरा अतिथि द्वयलाई टेलिफोन मार्फत जानकारी गराउँदै आफ्नो कुरा राखेका थिए।





Comments

comments

Leave a Reply

17031