जापानमा प्रचलित आइकिडो आइकिकाई खेल पोखरामा

केशव पाठक / एचकेनेपाल डट कम-

पोखरा, १९ चैत । नेपालमा मार्शल आर्ट सम्वन्धी आईकिडो आईकिकाईको खेललाई थप व्यवस्थित गर्न दुई दिने तालिम तथा गोष्ठी कार्यक्रम पोखरामा सम्पन्न भएको छ।

जापानमा प्रचलित आईकिडो आईकिकाई खेल युरोपतिर समेत खेल्ल्ने गरिएको यसका प्रशिक्षक विनय श्रेष्ठले जानकारी दिए।

आईकिडो आइकिकाई जापानको प्रधान कार्यालयका वरीष्ठ प्रशिक्षक माकोतो ईतो (६ डान) लाई निमन्त्रणा गरी पहिलो तालिम गोष्ठी तथा पाँचौ जन्मोत्सव समारोहको समेत आयोजना गरिएको प्रशिक्षक श्रेष्ठले वताए।

तालिम गोष्ठीमा भारत, अष्ट्रेलिया, दुवईका खेलाडीहरूो सहभागिता रहेको थियो । उक्त वृहत कार्यक्रममा ‘आन’ पोखरा डोजोका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो । उक्त खेललाई थप उचाइमा पुर्याउन निकट भविष्यमा विदेशमा हुने तालिम, गोष्ठीमा भाग लिएर आफ्नो कलालाई अर्को उचाईमा पु¥याउने सहभागीहरुले प्रतिवद्धता समेत गरेका छन्।

संघले महिला तथा किशोरीहरुको आत्मरक्षाको निःशुल्क तालिम पोखरा, काठमाडौं र वुटवल गरी करीब ३ सय जना भन्दा बढी महिलालाई आत्मरक्षाको तालिम प्रदान गरिसकेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए । विगत केही वर्ष देखि प्रशिक्षक श्रेष्ठ (दोश्रो डान) ले पोखरा डोजोको प्रशिक्षण र कार्यभार सम्हाल्दै आएका छन्।

तालिम गोष्ठी सफल पार्न मुख्य भूमिका खेल्ने संघका संयोजक तथा प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठ, उपाध्यक्ष पुष्प श्रेष्ठ, महासचिव प्रविण पालिखे, तालिम सौजन्य गर्ने संघका कोषाध्यक्ष अशोक रञ्जितलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ । तालिममा ६० जनाको सहभागिता रहेको सचिव दुनिया श्रेष्ठले जानकारी दिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17033