बेलायतमा गोर्खाहरुको घर चोरको निशानामा: चोरीमा नेपालीले नै संलग्न…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन, २२ चैत्र । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत डोभर निवासी गुरुङ्ग परिवारको घर फुटाई सुन तथा बहुमूल्य गहना चोरी गर्न लागेका चोरहरु असफल भएका छन्।

वेलायतमा विशेषगरी ठूलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट, रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटनलगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन्। गत महिनामात्र अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति लुटिएको बताइएको छ।

चोरी हुने क्रम बढिरहे पनि प्रहरीको छानबिन प्रक्रिया लामो हुने भएकोले तत्कालै क्षतिपूर्ति पीडितले नपाईरहेको गुनासो गरिरहेका छन्।

स्रोतका अनुसार घटनामा विदेशी नागरिक रहेपनि मुख्य सुराकी नेपाली नागरिक कै संलग्नता रहेको केही गोर्खा सैनिकहरुले जानकारी दिएका छन्। नाम नखुलाउने सर्तमा गोर्खा बटालियनमा कार्यरत एक सिनियर नन् कमिसनर अफिसरले भने -‘मुख्य योजनाकार पूर्व गोर्खा सैनिकहरु नै रहेको र एक जना गत साल समातिएर बेलायती जेलमा जेल जीवन विताईरहेका छन् । अरु योजनाकारहरुलाई पनि चाडै समात्छौ र जेल चलान गछौ । त्यसपछि त्यस्ता चोरीमा संलग्न रहेका नेपाली चोरहरुलाई वेलायतको भिषा खारेज गर्दै काठमाडौं नख्खु जेल चलान गछौं।’

गत साता मात्र अल्डरसट निवासी २६ वर्षीय मनिष शाहीलाई अल्डरसट प्रहरी वृतले चोरी गरिरहेको अवस्थामा पक्राउ गरी हिरासतमा राखेको प्रहरी जजाएको छ। चोरको उपाधि पाएका मनिष केही बर्ष अघि नेपालबाट स्नातकको अध्ययन गर्न बेलायत आएका थिए। उनले आवासीय भिषा पाईसकेकी एक गोर्खा परिवारको छोरीसँग विवाह गरेपनि उनको व्यवहार वाहिर आउन थालेपछि ससुरालीले गलत्याएर घरबाट निकालिएको अल्डरसट निवासी सनद गुरुङ्गले जानकारी दिए।

डोभर समुदायमा राम्रो सम्बन्ध भएका कारण सुन चोरको सपना असफल भएको डोभर निवासीहरुले दावी गरेका छन् । उनीहरुले भने-‘हामी दिन र रातमा डोभर समुदायमा धराप थाप्न सुरुवात गरिसक्यौ र केहि त्यस्ता शंकास्पद कार्य कसैले देखेको खण्डमा समुदायका जो कोहीले संजालमा जानकारी गराईहाल्छौ।’





Comments

comments

Leave a Reply

17109