खाती, श्रेष्ठ र रिजाललाई जनही ५० हजार रूपियाँ राशिसहित नइ पुरस्कार


एचकेनेपाल डट कम संवाददाता –

काठमाडौं, नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने रुपन्देहीका अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन सृजनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका लागि समेत उत्सर्गिक ८२ वर्षीय खातीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको हो।

त्यसै गरी उपत्यका बाहिर बसेर सृजनात्मक र सङ्गठनात्मक रुपमा नेपाली भाषासाहित्यको सेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति चितवनका साहित्यकारद्वय श्रीमती गायत्री श्रेष्ठ र श्रीमती सरस्वती रिजाललाई संयुक्त रुपमा ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने छन्।





Comments

comments

Leave a Reply

17222