पतिको अनुपस्थितिमा परपुरुषसँग लाग्दा…

काठमाडौं, ३० चैत । पतिको अनुपस्थितिमा परपुरुषसँग निकट हुनेहरुले ध्यान दिने बेला भएको छ, सानो कारणले ठूलो समस्यामा पर्न सकिन्छ।

महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा रहेकी ३४ वर्षीया कमला (नाम परिवर्तन) सुनारले शनिबार होटलको खाटमा सल छोडेर शौचालय छिरेबापतको सजायँ भोग्दैछिन् । कमलाभन्दा एक वर्षले कान्छा थिए, सप्तरीका ३३ वर्षीय अभयराम यादव । म्यानपावर कम्पनीहरुसँग सम्पर्कमा रहेर विदेशी टिकट एजेन्टको रुपमा काम गर्थे, अभय।

कमला थिइन्, पति विदेशिएपछि अभयको साथी बनेकी । बुटवलकी हुन् । अभयको काम धुम्बाराही, महाराजगञ्ज, बसुन्धरा, सामाखुसी र गोंगबुतिरका म्यानपावरमा हुने ! त्यसैले साँझ परेपछि थकाई मार्न उनीहरु प्रायः धुम्बाराहीस्थित डाँफे होटल पुग्थे । त्यही क्रममा शनिबार पुगे, कोठा नं. ५ मा । साँझ ९ बजे कमलाले खानपिन गरिसकेपछि कोठाभन्दा एक तला मुनिको शौचालयमा गइन्, खैनी खानलाई । स्वभाविक हो, शौचालय छिरेपछि सल, ब्यागलगायतका सामान कोठामै छोडिन्छ।

तर, कोठा फर्किँदा खाटमा छाडेको सल घाँटीमा बेरेर अभय लमतन्त्र झुन्डिएका थिए, सिलिङ फ्यानको हुकको सहारामा । यस्तो भएपछि कमला चिच्याइन् । होटलका स्टाफ र वरिपरि कोठामा बसेका मान्छेहरु भेला भए । प्राण गइसकेको छैन भन्ठानेर हत्तपत्त पासो काटिदिए । तर, अभयले अघि नै प्राण त्यागिसकेका रहेछन् ।

त्यसपछि होटलले प्रहरीलाई खबर गर्यो । प्रहरी पुग्दा कमला मृतकसँगै थिइन् । प्रहरीले सोध्यो, ‘तपाई किन यहाँ ?’ उनले भनिन्, ‘हामी सँगै होटलमा आएका हौं । मेरै सलको पासो लगाएर उसले यस्तो गरेको हो।’ जनआस्था साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

17285