बेलायतमा यसरी गरियो पूर्व गोर्खा सैनिक राईको अन्तिम बिदाई

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन, २८ चैत्र । गत मार्च १४ तारिखका दिन निधन भएका पूर्व गोर्खा हवल्दार कुलदिप राईलाई श्रद्धाञ्जलि व्यक्त गर्दै अन्तिम बिदाई गरिएको छ।

लण्डन आसपासमा रहेका विभिन्न संघ संस्था र जातिय संस्थाले लण्डनस्थित साउथ हृारो बस्दै आएका हवल्दार राईको पार्थिव शरीरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरे।

श्रद्धाञ्जलि कार्यक्रममा किराँत राई यायोख्का, सत्य ग्रह, हेल्पिङ्ग हेल्प, संखुवासभा समाज सेवालगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

बाबा मेजर मान प्रसाद (एम विई) र आमा तिलारुपा राईको कोखबाट तेस्रो सन्तान (साइला छोरा)भएर संखुवासभा ताम्कु – १ मा सन् १९४५मा जन्मिएका हुन्। ताम्कुमा जन्मिए पनि बुवासंग व्रिटिस आर्मी भर्ति केन्द्र दार्जिलिङ जाने अवसर पाएका थिए।

उनले सन् १९५७ देखि १९६२ सम्म खर्साङ्गको सेन्ट अल्फनस्स् बोडिङ स्कुलमा निम्न माध्यमिक तहको अध्ययन सुरुवात गरेका राईले १७ बर्षको कलिलो उमेरमै गोर्खा बटालियन प्रवेश गर्ने मौका पाएका थिए।

सन् १९६२ मा सुनसरी धरान घोपा क्यापबाट भर्ति लागेका राईले मलेसियाको सुन्घई पटाईमा फौजी तालिम ४२ हप्ता पुरा गरेका थिए। हवल्दार राईले १८ बर्ष बेलायती राजमुकुटको सेवा गर्दै सन् १९८० मा अवकास लिएका हुन् । उनले पल्टनमा रहदा रेजिमेन्टल सिंग्नलर देखि सिंग्नलर अफिसरसम्मको अविभारा पूरा गरेका उनका माइला दाई रिटायड क्याप्टेन डिकबहादुरले राईले बताए।

१८ बर्ष बेलायती राजमुकुटको सेवाको सिलसिलामा उनले नेपाल, भारत,मलेसिया,सिंगापुर,हङकङ, ब्रुनाई,बेलायत र साईप्रसमा सेवारत रहदा विभिन्न किसिमको पदक गोर्खा बटालियनका मुख्य कार्यलयले यलयस जिसी(लङ्ग सर्भिस गुड कन्डक), जियस एम(जेनेरल सर्भिस मेडल), पेनेन्सुला, व्रनयो, सिलभर जुव्ली र पिजे एन लगायतका पदक पाएका थिए।

श्रद्धाञ्जलि कार्यक्रमको मुख्य संयोजक डक्टर अमिना लिम्वु, सन्तोष राई, समाजसेवी विनु राई लिम्वु र उनका माईला दाजु रिटायड क्याप्टेन डिकबहादुर राईले गरेका थिए। श्रद्धाञ्जलि कार्यक्रममा रिटायड लेप्टिनेन्ट मोतिलाल थापाले कुलदिप गोर्खा रेजिमेन्टमा रहदाको चर्चा र बेलायत नेपाली समुदायमा इमान्दारीताका साथ गोर्खाहरुको बारेमा काम गरिरहेको प्रशंसा गरेका थिए।

कार्यक्रमको मुख्य निर्देशक दाजु रिटायड क्याप्टेन डिकबहादुर राईले उपस्थित सम्पूर्ण मानुभावहरुलाई श्रद्धाञ्जलि कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले शोकाकुल परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दै मृतात्माप्रति चिरशान्तिको कामना व्यक्त गरेका थिए।





Comments

comments

Leave a Reply

17287