नौ जनालाई नइ बाल पुरस्कार

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ५ बर्षदेखि १५ बर्षसम्मका नौ जना बालबालिकालाई २०७३ सालको ‘नइ देरूनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य, खेलकुदतर्फ कमलबहादुर थापा मगर छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।

यसैगरी नइ कोपिला पुरस्कार गायनमा एञ्जेल राई र नृत्यमा सम्राज्ञीश्री वस्नेतलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्। ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार प्रिन्सा विश्वकर्मालाई प्रदान गरिने भएको छ। पाँच वर्षीया विश्वकर्मालाई नृत्यतर्फ यो पुरस्कार समर्पण गरिन लागिएको हो।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

सुप्रसिद्ध राजनीतिज्ञ खनूपरुदे ‘रामबाबू’को प्रबल इच्छा अनुसार सात वर्षअघि यी पुरस्कारका स्थापना भएका हुन्।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ बाल पुरस्कारहरु समर्पण गरिने भएका छन् । सो समारोहमा शताब्दी पुरुषका सम्मानमा बाल कलाकारहरूका नृत्य र गायन पनि प्रस्तुत गरिने कार्यक्रम रहेको जनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17316