नेपाली कलाकारहरु दोहामा…

दिल कुमार श्रेष्ठ

दोहा, नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार तथा गायक गायिकाहरु कतारमा झरिसकेका छन्। उनीहरु बसन्त फिल्मस् प्रा.लि. ले शुक्रबार गर्ने लागेको नेपाली नयाँ बर्ष २०७४ उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित बिबिध सास्कृतिक कार्यक्रमका लागि कतार प्रवेश गरेका हुन्।

कतारको गल्फ प्याराडाईज होटेलको हलमा हुन गईरहेको बृहत सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाई सकेका नेपाल तथा जापानबाट गरि ९ जनाको समूह कतार भित्रिन लागेको हो।

ति मध्य लोकदोहोरी गायिका जुना सिरिष मगर, मोडेल मंजिता केसी, उद्घोषिका तथा गायिका शितल शर्मा, आघुनिक गायक रमेशराज भट्टराई, लोक गायक भगिरथ चलाउने, लोक गायक तेजेश रेग्मी गायक तथा संगीतकार रामकृष्ण बम मल्ल र यादव प्रसाद देवकोटा (सरापे) आज बिहान दोहामा आई सकेका छन् भने चर्चित लोक गायक भगवान भण्डारी बेलुकी आउने भएका छन्।

कार्यक्रमको मुख्य आकर्षण भनेको नेपाली टेलिभिजनको हास्यविधामा सबैलाई सरापेदै सरापे उपमा पाएका यादव देवकोटा हुने छन्। कतारमा पनि उनले ककसलाई सराप्ने हुने हेर्न बाँकी छ। त्यसैगरी मंजिताले कम्मर मर्काउदै गर्ने डान्स जुना सिरिष, तेजेश, भगिरथ, र भगवान भण्डारीले कतारका लोकपारखीहरुलाई दोहोरीमा नचाउने छन्। त्यसै गरि रमेश राज र रामकृष्ण बम मल्लले आधुनिक तथा पप शैलिमा नयाँ बर्षको नयाँ रौनक दिने भएका छन्। मनोरन्जनको बिचबिचमा आउदै आफ्नो गायकीसंगै आफ्नो उद्घोषण कलाले दर्शकहरुले बाँधेर राख्ने काम शितल शर्मा गर्ने छिन्।

नयाँ वर्षको सांगीतिक कार्यक्रम विना भाषण नितान्त मनोरंजन हुने भएको छ। लगभग दर्जनको हाराहारीमा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरु भित्रिने सांगीतिक कार्यक्रम भब्य हुनेमा कुनै शंका छैन। समयको ख्याल गर्दै दर्शकहरुको माहोल हेरेर कार्यक्रमलाई अझै सशक्त रुपले प्रस्तुत हुने कुराको जानकारी कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले दिएका छन्।





Comments

comments

Leave a Reply

17322