जेठको तेश्रो साता हङकङमा सहारा साँझ हुने

एचकेनेपाल डट कम संवाददाता –

पोखरा २, वैशाख। पोखराको सहारा एकेडेमिको सहयोगार्थ हङकङमा यष बर्ष पनि सहारा साँझ हुने भएको छ।

एकेडेमिको सहयोगार्थसहित भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यामिक बिद्यालयको भवन निमार्णको लागि तेश्रो संस्करणको सहारा साँझ आगामी जेठ २१ गते उक्त कार्यक्रम आयोजना हुने भएको सहारा हङकङले जनाएको छ।

कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, समृद्धि राई, गायिका प्रिया गुरुङ, दृष्टिविहिन सरिता अधिकारी, बहु प्रतिभाशाली वाल कलाकार वेगेन्द्र बुढालगायतका कलाकारको प्रस्तुती रहने भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले हङकङबाट जानकारी गराएका हुन्। त्यसै गरी कार्यक्रममा गायक जय कुमार परियार र डान्सरमा मिन गुरुङ समेत सहभागी हुने भएका छन्।

सहारा हङकङका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा हङकङमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा एनआरएन हङकङका पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा गुरुङ, उपाध्यक्ष रेनुका गुरुङ, महासचिव विल तामाङ लगायतले वोलेका थिए । उक्त कार्यक्रमको मुख्य प्रायोजक ईन्द्र वराह ज्वेलरी र सह–प्रायोजकमा समाजसेवि तथा कानुन व्यवसायी देव गुरुङ रहेका छन्।

सहारा क्लवद्धारा संचालित तेश्रो ब्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेकाछन । सहारा क्लव हङकङले विगतका दुई संस्करणबाट १०/१० लाख भन्दा बढी रकम सहयोग गरेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

स्वदेश तथा विदेशका दाताहरुको कारणले गर्दा हाल सहारा एकेडेमीमा एक करोड २५ लाख भन्दा बढी रकम संकलन भएकोले दुई करोड पुर्याउने लक्ष्य राखिएको आचार्यले जनाए । अध्यक्ष आचार्यले नेपालीहरुको नयाँ बर्षको अवसरमा सम्पूर्ण शुभेच्छुकहरुमा शुभकामना व्यक्त गरेका छन्।





Comments

comments

Leave a Reply

17337