पर्वत सेवा समाज कतारमा पौडेलको नेतृत्व

दिल कुमार श्रेष्ठ

दोहा , पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले चिन्तामणी पौडेललाई सर्वसम्मत चयन गरेको छ।

पौडेलको नेतृत्वमा समाजले नया कार्यकाल २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको छ। कार्यसमितिमा उपाध्यक्षमा क्रमशः आनन्द सुबेदी, भिम बहादुर क्षेत्री, महासचिव सन्तोष गुरुङ, सचिव याम बहादुर क्षेत्री अनिल, सचिव बिरेन नेपाली, रहंदा पदाधिकारीको पदमा एक उपाध्यक्ष सहित कोषाध्यक्ष र सहकोषाध्यक्षको पद खाली रहको हुदाँ आगामी बैठकमा पद पूर्ति गरिने भएको छ।

त्यसै गरि केन्द्रिय सदस्यहरुमा बिक्रम कुँवर, लेखनाथ रिमाल, गणेश परियार ,टिकाराम भुसाल, भिम अधिकारी, हरि प्रसाद शर्मा, दुर्गा प्रसाद भट्टराई, सन्तोष श्रेष्ठ, दल बहादुर अधीकारी, धन सुनार खाती, राम खड्का, सुरज परिवार मान बहादुर जिसी, डम्बर क्षेत्री, सोम क्षेत्री, गंगा नेपाली हरिलाल सापकोटा, रघुनाथ शर्मा, अन्तिम बिक, कमल बिक रहेका छन्।

समाजको प्रमुखसल्लाहकार निबर्तमान अध्यक्ष दिपेंद्रजंग लामिछाने रहंदा लेखा समिति संयोजक डिल्लीराम भट्टराईलाई चुनिएको थियो। तेस्रो अधिवेशनलाई सर्वसम्मत सम्पन्न गराउदै नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएको निर्वाचन समिति संयोजक पूर्ण बहादुर नेपाली रहेका थिए । समिति सदस्यहरुमा आई बहादुर खत्री, डिल्लीराम भट्टराई, शक्ति क्षत्री, शेषराज तिमिल्सिना रहेका थिए ।

पर्वत युवा सेवा समाज कतारलाई २०१२ मा पुन नयाँ नामाकरण गर्दै स्थापित गर्ने क्रममा अहिले तेस्रो अधिवेशन सम्म आई पुग्दा समाजले कतारमा फरक स्थान बनाई सकेको छ। यसै क्रममा समाजले सामाजिक रुपमा हरेक क्रियाकलापहरुलाई आफ्ना कार्य योजना बनाउदै आएको छ । अहिले बनेको समितिले अझै ससक्त रुपमा यस्ता क्रियाकलापलाई अगाडी लैजाने बताउदै सम्पूर्ण पुराना तथा नयाँ कतारबासी पर्वतेहरुलाई सहयोगको लागी अनुरोध गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो धारणा ब्यक्त गरेका थिए।

कार्यक्रममा समाजका संरक्षक तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि छबिलाल भट्टराईले समाजले अहिले सम्म गरेको उपलब्धि नै समाजको स्थापित नाम रहेको बताए । उनले अहिले भनेको नयाँ कार्य समितिले यो नामलाई अझै उचाई लैजान आग्रह गरेका थिए। आफ्ना सहकर्मीहरुको हिजको मेहनत नै आजको पर्वत समाज रहेको समेत जिकिर गर्दै नवनिर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य दिने अतिथिहरुमा एनआरएन एनसीसी कोषाध्यक्ष भेषराज पराजुली, जनसम्पर्क समितिका कोषाध्यक्ष रामजी खत्री, समाजसेवी चानक पोख्रेल, स्यांग्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्साल, आदिवासी जनजाती महासंघ कतारका दितीय उपाध्यक्ष पुरुषोत्तम सुनुवार, महिला समाजकी उपाध्यक्ष अमिन खान, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, मोना कतारका अध्यक्ष रमेश पौडेल समाज सेवा समाज रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, दलित एकता संजालका अध्यक्ष श्याम नेपाली, समाजका सल्लाहकार शेषराज तिमिल्सिना सांगीतिक संयोजक शक्ति क्षेत्री, दिल भट्टराई रहेका थिए। कार्यक्रममा दोहामा स्थापित रहेका पर्वतसंग सहकार्य गर्दै आएका संघसस्थाहरु धनकुटा सेवा समाज कतार, इलाम सेवा समाज, कास्की आदर्श सेवा समाज अर्घाखाँची सेवा समाज, गोर्खा सेवा समाज, माझी सेवा समाज, मोरङ सुनसरी सेवा समाज अनेसास, बाग्लुंग सेवा समाज लगाएत अन्य दोहामा स्थापित विभिन्न संघसस्था प्रमुख तथा प्रतिनिधिहरुहरुको उपस्थिति रहेको थियो।

ब्यानर अनावरण, राष्ट्रियगान तथा मौन धारणसंगै सुरुवात गरिएको कार्यक्रमको सभापतित्व पर्वत युवा सेवा समाज कतारका निवर्तमान अध्यक्ष दिपेन्द्र जंग लामिछानेले गरेका थिए। आफ्नो कार्यकालमा सहकर्मीको रुपमा रहेर काम गर्ने सम्पूर्ण टिमलाई आभार प्रकट गरेका उनले नयाँ कार्य समितिलाई समेत अग्रिम शुभकामना प्रकट गरेका थिए। समाजलाई आजको स्थान सम्म पुर्याउन सहकार्य गर्दै सबैमा धन्यवाद ब्यक्त गरे। समाजको तेस्रो अधिवेशनमा दोहामा कार्यरत पर्वतेहरुको बृहत उपस्थिति रहेकोकार्यक्रमको संचालन निवर्तमान महासचिव दिल कुमार श्रेष्ठ तथा वर्तमान महासचिव सन्तोष कुमार गुरुङ गरेका थिए।





Comments

comments

Leave a Reply

17354