अमेरिकामा नेपालीलाई चार पटक मानहानी मुद्धा

विजय थापा / एचकेनेपाल डट कम –
अमेरिकामा डलर फलाउन आएका एक नेपालीलाई अमेरिकाको म्यारिल्याण्ड तथा डिसी अदालतमा चार पटक मानहानी मुद्धा दायर भएको छ।

करिब १० बर्ष अगाडि अमेरिका छिरेका काठमाडौँ बौद्धका ​ ​बिनोद कुमार नेपाललाई जुलाई २०१३ देखि म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड ) तथा मार्च २०१४ देखि सुपेरिएर कोर्ट अफ डिस्ट्रिक अफ कोलम्बिया (वाशिंगटन डिसी )मा मानहानी, चरित्र हत्या, धोखाधडी, असत्य लेखेको कारण मुद्धा दायर गरिएको बुझिएको छ। अमेरिकामा नेपालीहरुको बसाई सराईपछि यस्तो प्रकारको नेपालीलाई लागेको मुद्धा पहिलो भएको पुष्टि भएको छ।

अमेरिकाको सशक्त संस्था एएनएका कार्यकारी समिति अबैधानिक तथा संस्थाले बर्षेनी गर्ने महाधिवेशन गैर कानुनी भनि सन् २०११ देखि अमेरिका भरिका नेपाली समुदायलाई भ्रम फैलाउदै आएका नेपाललाई अदालतले अनिवार्य हाजिर हुन आदेश दिएपछि अदालतमा उपस्थित भएका छन्।

अमेरिका जस्तो मुलुकमा संस्थाका तमाम वर्तमान नेतृत्व वर्गलाई स्वघोषित गरि सत्ता कब्जा गरि भनि बारम्बार समुदायलाई सूचना दिएको कारण उनीमाथि मानहानीको मुद्धा दायर भएको बताईएको छ। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सम्मेलनमा दुई पटक शुभकामना दिएको उक्त संस्था, नेपालका लागि अमेरिकन राजदूत बोडे सम्मेलनका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष समेत उपस्थिति रहेको उक्त संस्थालाई अबैधानिक भनि असत्य लेखि सामाजिक संजालमा पठाएको संदेशले उनीमाथि यस्तो गर्नु बाध्यता भएको बताईएको छ।

कहिले पनि नेपाली समुदायको कुनै पनि कार्यक्रममा उपस्थित नभई पूर्वाग्रहपूर्वक लेखेको कारण उनीमाथि दुई वटा अदालतमा ठूलो राशिको क्षतिपूर्तिको मागसहित न्याय पाउं भनि ब्यक्ति तथा संस्थाले मुद्धा दायर गरेका हुन्।

मुद्धा नलागोस् भनि अमेरिकाको भर्जिनिया, टेनेसी, बोस्टन तथा न्यु ह्याम्प्सर राज्यहरुमा बसोबास परिवर्तन गर्दै आएको बुझिएको छ। उनले बिदेशीबिरुद्ध नलेखि आफ्नै नेपाली समुदायमा स्थापना भएका संस्था तथा बिभिन्न व्यक्तिहरुलाई धज्जी उडाएको कारण न्यालालयमा ल्याईएको हो। यिनी सक्कली हुन या नक्कली हुन् अधिकांश नेपाली समुदाय अझ पनि विश्वस्त नभएको अवस्थामा अदालतमा उनको उपस्थितिले साँचो हुन भनि यकिन भएको छ।

उनले अमेरिकाको अदालतले पठाएको पत्र समेत नबुझी बिभिन्न बहाना गर्दै अदालतलाई पनि समेत अटेर गरि झुक्याएका थिए। अदालतले उनलाई फेला पार्न नसकेपछि दुवै अदालतबाट मानहानी मुद्धा खारेजी गरेता पनि पुनः दुवै मुद्धा फेरी बिउताइ दिएको छ। जुन दिन अदालतले खारेजी गरि दिन्थ्यो उनले तुरुन्तै आफूले मुद्धा जितेको भनि सामाजिक संजाल मार्फत सूचना दिन्थे।

उनले लेखेको यस्तो सार्बजनिक सूचना प्रमाणसहित दुवै अदालतमा वादीहरुले बिनोद कुमार नेपाल अमेरिकामा छ भनि दाबीको साथ मुद्धाको कारवाही अगाडि बढाई पाउँ भनि पुन बुझाएपछि अदालतको कारवाईमा परेका हुन्। अदालतले यी व्यक्ति अमेरिकामा नै भएको प्रमाण फेला पारेपछि उनलाई बाध्य गरेकोले नेपाल अन्तत्वगत्वा न्यायालयको कठघरामा हाजिर भएका छन्।

म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड )को अदालतमा एएनएका पूर्व अध्यक्षले नेपालमाथि मुद्धा दायर गरेको बुझिएको छ। एएनएका पूर्वअध्यक्ष अमेरिकामा अध्ययन गरेका हुनाले उनी जागिरको शिलशिलामा चीन भ्रमणमा गएको समयमा अदालतमा उपस्थित नहुदा उक्त मुद्धा अदालतले खारेजी गरिदिएको सूचनामा उल्लेख छ। श्रोत अनुसार उनले अर्का वकिलको व्यवस्था गर्ने र पुनः मुद्धा दायर गर्ने तयारमा रहेको बुझिएको छ। मुलुकबाहिर नेपालीलाई लागु पदार्थ ओसारपसार तथा चेलीबेटी बेचबिखन जस्ता क्रियाकलाबमा अदालत ल्याईएको थुप्रै घटना भएका छन्। तर एक व्यक्तिलाई चार पटकसम्म दुई वटा अदालतमा मानहानीमा मुद्धा लगाईएको बिश्व मै नेपाली समुदायको ईतिहासमा पहिलो भएको दाबी गरिएको छ।

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) श्रोत अनुसार उनले ४ बर्षदेखि एएनएका सम्पूर्ण पदाधिकारी तथा संस्थालाई गम्भीर आरोप,व् यक्तिगत लान्छना लगाएका करिब तीन दर्जन भन्दा ज्यादा प्रमाण अदालतमा पेस गर्ने बुझिएको छ।





Comments

comments

1741