बेलायतमा फोनिजको एकदिने गोष्ठी एवं प्रशिक्षण सम्पन्न

राजु सुब्बा

बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठी एवं प्रशिक्षण कार्यक्रम अप्रिल २२ तारिख सम्पन्न भएको छ।

पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाड्नु भयो । त्यस्तै गरि आमन्त्रित केन्ट्रीस एक्सप्रेसका पत्रकार एैडन बरलोले युकेको पत्रकारिता बारेमा विस्तृत जानकारी र पत्रकारिताका नियम कानुन एवं गोर्खालीहरुका बारेमा चासो गरिएको विषयहरुको बारेमा जानकारी गराउनु भयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र सिनियर पत्रकार शेर्पाले सयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको शुरुवात गर्नुभयो । समाजका अग्रज नेतृत्व र पत्रकारहरु मात्र सहभागि गोष्ठिमा पत्रकारिताका चुनौती र सम्भावना विषयमा ब्यापक छलफल भएको थियो । मिडियाहरु प्रति पाठक, श्रोता र दर्शकहरुको गुनासो तथा जिज्ञासा र वहाहरु प्रति संचारकर्मीहरुको गुनासो सुन्ने र सुनाउने कार्यभयो ।

जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, महासचिव कर्म पहाडी शेर्पा, जनजाति महासङ्घका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, आसफोर्ड नेपलिज कम्युनिटीका महासचिव डम्बर सिंगक, एनआरएन युकेका प्रवक्ता खुसि लिम्बु लगायतले गुनासा, जिज्ञासा र सुझाव राख्नु भएको थियो ।

फोनिजमा आबद्ध ११ जातिय उत्थान पत्रकारहरु संगठनहरुलाई युकेमा समेत स्थापना गर्ने सिलशिलामा लिम्बु पत्रकार सङ्घ युकेको संयोजकमा पत्रकार अमित थेवेलाई चयन गरयो । त्यस्तैगरि अन्तरराष्ट्रिय पत्रकार महासङ्घ, ब्रसेल्सको सदस्यतापत्र पत्रकार सुरेन्द्र इङनामलाई प्रशिक्षक खपाङ्गीले हस्तान्तरण गर्नुभयो ।

फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेलाले अध्यक्षता गर्नुभएको कार्यक्रमलाई महासचिव प्रमिला लाबुङराईले संचालन गर्नुभएको थियो । फोनिज युकेको दोस्रो महाधिवेशन जुलाईको अन्तिम हप्ता हुने जनाईएको छ । प्रशिक्षक खपाङ्गी नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष समेत हुन ।


प्रथम नेपाल स्टार चेम्जोङको सागीतिक यात्रा आसफोर्डमा भब्य प्रस्तुती

गत २२ अप्रिल २०१७ का साँझ आसफोर्डको साइमण्ड चर्चहलमा नेपालबाट आएका कलाकार समुहले भब्य सागीतिक प्रस्तुती गरे ।

प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले र सरला राईले भब्य नचाएका थिए भने हाँस्यब्यग्यकर्मी दमन रुपाखेती र राई बुढा पर्वन राईले बेस्सरी हसाए । हाँस्यब्यग्यको प्रस्तुतीलाई भने भिडियो खिच्न निषेध गरिएको थियो । उपस्थिती सबैले भरपुर मनोरन्जन लिएका छन् ।

सांगीतिक यात्राका संयोजक भरुपलका अनुसार उहाँहरुको कार्यक्रम युकेब्यापी हुदैछ।





Comments

comments

Leave a Reply

17440