अमेरिकाबाट काठमाडौंको मेयर उम्मेदवार रञ्जु दर्शनालाई विजयको लागि शुभकामना

विजय थापा

वाशिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर प्रमुख (मेयर )ले रञ्जु दर्शनालाई बिजयको लागि अमेरिकाबाट शुभकामना संदेश दिएका छन्।

२१ बर्षीय रञ्जु काठमाडौँ महानगरपालिकाको लागि मेयरका सशक्त उम्मेदवार रहेको चर्चा परिचर्चा अमेरिकामा पनि सुनेपछि उनले श्रब्य दृश्य (भिडियो ) मार्फत शुभकामना दिएका हुन्। उपनगर प्रमुख किरण सिटौलाको साथै नगर प्रमुख तथा नगर परिषद सदस्यले पनि नेपाली टोपी लगाएर संदेश दिएका छन्।

अमेरिकाको मेरिल्याण्डको कार्यालयमा अप्रिल २६ तारिखका दिन बसेको बैठक समाप्तिपछि नगर प्रमुख ब्रानडन पलिन ,उपनगर प्रमुख नेपाली मूलका किरण सिटौला तथा नगर परिषद सदस्य कर्टिस स्मिथले एकै लहरमा बसि शुभकामना दिएका हुन्।

नगरपालिकामा निर्वाचित भएका मध्ये २१ बर्षीय युवा नगर प्रमुख ब्रानडनले आफू पनि २१ बर्षीय हुं र रञ्जु पनि २१ बर्षकी हुन् भन्दै बिजयीको कामना गरेका छन्।

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौला इतिहास कोर्दै मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर उपप्रमुखमा निर्वाचनद्वारा सन् २०१५ मा बिजयी भएका हुन्।

स्मरण रहोस ,सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारबाट जित हात पारेका थिए भने नगर प्रमुखमा बिजयी भएका श्वेत उम्मेदवार ब्रानडन पलिन सिटौला भन्दा ५७ मत ज्यादा प्राप्त गरि बिजयी भएका थिए।

किरण सिटौला आगामी मे ४ तारिख नेपाल उड्ने भएका छन् भने उनको समर्थन युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा होमिएकी रञ्जुलगायत युवालाई समर्थन रहने बताए। १९ बर्षीयका ब्रान डनले अमेरिकाको नगर प्रमुख बन्न सक्छन् भने २१ बर्षीया रन्जुले पनि काठमाडौँको नगर प्रमुख सजिलोसंग चलाउन सक्ने बताए।

उनले भने २१ बर्षीय रन्जुमा सम्भावना रहेको आफूले देखेको बताए। उनले अगाडि भने उनीसंग क्षमता छ र पारदर्शिताको दर्शन छ। अब युवाहरुलाई विश्वास गर्नु पर्ने उनले बताए।

उनले चुनाव जितेको खण्डमा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेडको तर्फबाट उनलाई तालिम आदि ईत्यादिको लागि नेपाल मै गएर हुन्छ कि अमेरिकाको भ्रमणमा ल्याएर भए पनि उनलाई सक्षम बनाउने प्रतिबद्धता जाहेर गरे।

२१ बर्षीया रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौंको नगर प्रमुखकी उम्मेद्वार हुन् भने यत्रतत्र छाएकी छिन्।





Comments

comments

Leave a Reply

17480