राष्ट्र बैंकले बेच्यो दुईवटा दरबार…

काठमाडौँ, वैशाख १५ – दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन ९थापाथली दरबार(सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ।

‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

हाल राष्ट्र बैंकको मुख्यालय रहेको बालुवाटारस्थित ललितानिवास र थापाथलीस्थित दरबार (सिंहमहल) भत्काइने भएको हो । यी राणाकालिन दरबार बस्नै नमिल्ने गरी भत्किएको र रेक्ट्रोफिटिङ गरेर सुधार गर्न समेत नसकिने भएपछि पुरातत्व विभागले भत्काउन निर्देशन दिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । भत्काउन र भग्नावशेष पन्छाउन ठूलो लागत लाग्ने भएपछि भग्नावशेष बेचेर पैसा कमाउने बाटो केन्द्रिय बैंक र सरकारले लिएका हुन्।

इकाइले मुलयांकन गर्दा उक्त दुई वटा दरबार भत्काएर त्यसको भग्नावशेष विक्री गर्दा करीब ६ करोड रूपैयाँ बचत हुने देखिएको थियो । तर, ठेक्का लगाउँदा करीब ७ करोड ८५ लाख रूपैयाँ राष्ट्र बैंकलाई प्राप्त हुने भएको छ। तर, उक्त ठेकेदारसँगको सम्झौता भने इकाइ नै गरेको छ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताए। आजको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

17494