यस्तो छ – ‘म यस्तो गीत गाउँछु..’ को रिमिक्स भर्सन

राम ढुंगेल / एचकेनेपाल डट कम –

दुबई, २८ अप्रिल। ‘म यस्तो गीत गाउँछु..’ नेपाली साँगीतिक क्षेत्रमा यो वाक्य लोकप्रिय छ । यही पदावलीबाट बनेको गीत आफैमा चर्चित बनेको छ भने यसैलाई नेपाली चलचित्र प्रेमगीतमा समावेश गराएपछि यसको लोकप्रियता झनै चुलिएको हो।

यो वाक्य नेपाली सांगीतिक क्षेत्रमा भित्रयाउने गायक जोहेब मान्न्धर हुन् भनी सबैलाई थाहा नहुन सक्छ । यही शब्दलाई र संगीत भरेर आफ्नो जादुमय स्वरमा सजाउने गायक जोहेब मानन्धर नेपाली संगीत पारखीहरुको मनमस्तिष्कमा बस्न सफल छन् । यही गीतले गायक जोहेबलाई नेपाली सांगीतिक आकाशमा रातारात चर्चित बनाएको हो । यही गीतबाट लाखौं श्रोताको मन जितेका जोहेब विगत २ दशकदेखि नेपाली सांगीतिक क्षेत्र क्रियाशील छन् । पृथक गायन शैली र मीठो स्वरका धनी गायक जोहेब अहिले निकै व्यस्त छन् । थुप्रै गीतहरुको भिडियो रिलिजको तयारीमा रहेका जोहेबको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

नयाँ वर्ष २०७४ सालको पूर्वार्धमै जोहेबले नेपाली संगीत पारखी र आफ्ना लाखौं फ्यानहरुलाई उपहार स्वरुप यही चर्चित गीत ‘म यस्तो गीत गाउँछु…’को रिमिक्स भर्सन रिलिज गरेका छन् । यस गीतमा गायक जोहेबका साथमा थुप्रै चर्चित अनुहारहरु देख्न सकिन्छ । रिमिक्स भर्सनमा ढाल्न सम्पूर्ण व्यवस्थापनकोको जिम्मा चर्चित डिजेहरु डिजे फरे र डिजे एएनले गरेका हुन् । डिजे फरे लामो समयदेखि दुबईमा कार्यरत छन्। डिजे एएन पछिल्लो समयमा नेपालमा व्यस्त डिजेका रुपमा चिनिन्छन् । उनी नयाँ डिजेहरुलाई प्रशिक्षण दिनमा पनि व्यस्त छन्।

त्यस्तै गरी यस गीतको र्याप पक्षको जिम्मा नेपाली संतीतका चल्तीका र्यापहरु एड रे र बुलेट फ्लोले सम्हालेका छन् । आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका यी पाँच जना हस्तीहरुको संयोगबाट यो गीन गीत निकै दर्शनीय, कर्णप्रिय र डान्सिङ शैलीको बनेको छ छ । यो गीत जति कर्णप्रिय बनेको छ, यसको भिडियो उत्तिकै हेरुहेरुँ लाग्ने खालको बनेको छ । करिब चार महिनाको मिहिनेतबाट बनेको भिडियोबारे गायक जोहेब भन्छन, ‘सबैको कडा मिहिनेत अनुसार यो गीतको आउटपुट सोचेभन्दा राम्रो भएको छ ।’ रिमिक्स गीत भन्नासाथ डिस्को, क्लबमा गएर नाचेर गाएको देखाउने बढी प्रचलन छ । केही पृथक काम गर्ने सोचमा रहेका जोहेबको टिमले धेरै छलफल पछि यो गीतको म्युजिक भिडियो बनाएको डिजे फरेले बताए । डिजे फिल्डमा केही नयाँ शैलीको काम गर्नुपर्छ भन्ने सोचका साथ काम गरेको कारण सबै वर्गका संगीत पारखीले रम्ने खालको गीत तयार भएको गायक जोहेबले बताए । उक्त भिडियोलाई उच्च गुणस्तरको बनाउन रास प्रोडक्सनका रन्धिर श्रेष्ठले कडा मिहिनेत गरेको डिजे फरेले जानकारी दिएका छन्।

युएई र नेपालमा कार्यरत नेपाली संगीतका अनुभवी व्यक्तिवको सहकार्यमा निर्मित यो भिडियो हेरेर प्रतिक्रिया दिनका लागि गायक जोहेब मानन्धरले आग्रह गरेका छन्। हाम्रो तर्फबाट पनि सफलताको शुभकामना छ।

भिडियो:





Comments

comments

Leave a Reply

17496