बन्ने भो नेपाली चलचित्र “वास्तव”

भोला सुवेदी / एचकेनेपाल डट कम –
नेपाली कथानक चलचित्र “वास्ताव”को शनिबार एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ।

राजधानीको अनामनगरस्थित युनिएन हाउसमा चाचित्रको युनिटले चलचित्रको निर्माण घोषणा गरेका हुन्। सामाजिक कथा र व्यथामा आधारित रहेर निर्माण हुने यस चलचित्रलाई कुशल निर्देशक निरज घिमिरेले निर्देशन गर्ने भएका छन् भने चलचित्रमा मुख्य सहायक निर्देशन भने संचारकर्मी प्रणप सुबेदीको रहने छ।

चलचित्रलाई गोपाल ब स्याङ्त्याङले प्रस्तुत गर्दै छन्। हेटौडा, पोखरा, मुडे र काठमाडौका रमणीय स्थानहरुमा छायांकन गरिने यस चलचित्रमा नायक बिरेन डिसी, आयुष रिजाल, नायिका गरिमा पन्त,उत्तम खड्का, सुनिल दत्त पाण्डेलगायतकाको अभिनय रहने छ। चलचित्रमा टंक बुढाथोकी र मनोज राज भण्डारीको संगीत रहेको छ। ४ वटा गीत रहने यस चलचित्रमा एउटा आईटम गीत पनि रहेको छ। चलचित्रमा पवन गौतमको छायांकन र हिमाल केसीको द्वन्द रहने छ। कुल ४ वटा फाइट चलचित्रमा रहने छन्। ४० लाख भन्दा बढीको लगानीमा निर्माण हुने यस चलचित्रको निर्माण अबधि भने करिब ३५ दिनको रहने छ।





Comments

comments

1758