नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शेर्ढाक, उर्मिला र ‘दद्या’ उत्कृष्ट…

विजय थापा

वासिङ्टन डि.सी. । नेपाल अमेरिका फिल्म सोसाइटीलगायतका संस्थाहरुले वासिङ्टन डीसी महानगर क्षेत्रमा यहि मे ५,६ र ७ सम्म आयोजना गरेको पहिलो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ।

प्रमुख अतिथि, नेपाली दूतावास वासिङ्टन डि.सी.का मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठ, विशेष अतिथि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलीसी र स्थानीय संघ संस्थाका नेतृत्वहरुले क्यानभासमा संयुक्त हस्ताक्षर गरेर रेड कार्पेटसहित महोत्सवको उद्घाटन गरेका थिए।

दीपक रौनियारद्धारा निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘सेतो सूर्य’ उद्घाटन प्रदर्शनपछि निर्देशक रौनियारले अन्तरक्रिया गरेका थिए।

महोत्सवको अवधिमा नेपाल पानोरामा,अन्तर्राष्ट्रिय सिनेमा,फर्केर हेर्दा नेपाली सिनेमा र साइडबार गरी नेपाल, अमेरिका र दक्षिण एसियाका २० वटा चलचित्र प्रदर्शन गरिएका थिए।

प्रतिष्पर्धामा रहेका चलचित्रहरुलाई नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुख, ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फारिद बोजोर्गमेहर सदस्य रहेको ३ सदस्यीय जुरीले चार वटा विधामा पुरस्कारको घोषणा गरेका थिए।

जुरीले घोषणा गरेका उत्कृष्ट चलचित्रहरुमा कथानकतर्फ राजन कठेतद्धारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टीतर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, शर्ट फिल्मतर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ रहेका छन्।

उद्घाटनको चलचित्रको रुपमा रहेको ‘सेतो सूर्य’, समापनको चलचित्र ‘कालो पोथी’, नेपाली सिनेमा फर्केर हेर्दा अन्तर्गत प्रदर्शन गरिएको नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’, छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ र ग्लोबल पीस फिल्म फेस्टिवलको साइडबार तर्फका दुइवटा चलचित्रहरु प्रतिष्पर्धामा थिएनन्।

युनिभर्सिटी अफ मेरील्याण्डको हफ थिएटरमा उद्घाटन भएको चलचित्र महोत्सवको समापन एएफ आई सिल्भर थिएटरमा भएको थियो । समापनमा चलचित्र ‘कालो पोथी’को प्रदर्शन पछि निर्देशक मिन बहादुर भामले अन्तरक्रिया गरेका थिए । उत्कृष्ट घोषणा भएका चलचित्रहरुलाई नासो कम्यूनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा, साउथ एसियन च्याम्बर अफ कमर्सका अध्यक्ष अलि राजा र जनसंपर्क समिति म्यारील्याण्ड च्याप्टरका अध्याक्ष तथा समाजसेवी राजेन्द्र सेन्चुरी र जुरी मण्डलले सयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । स्वय सेवकहरुलाई प्रमाण वितरण बानाकी अध्यक्ष अनु वन्त र समाजसेवी लोक तिवारीले गरेका थिए।

महोत्सवको अवधिमा सूवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अमिताभ जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘द मेसीः म्यान एट वार्सा’ जशवन्तदेव श्रेष्ठको ‘मुस्ताङ’, डोरिया ब्रामान्टे र मार्कस वेनफरदरको ‘द रेफुजी अफ साग्रिला’, सुसन प्रजापतिको ‘लाज’, सन स्मलको ‘एकर्स अफ डायमण्ड’, राजेन्द्र ठकुराठीको ‘माई क्ल्याइरे’ ग्लोब पिस फिल्म फेस्टिबलको सहयोगमा ‘द डिर्पोटेसन अफ इनोसेन्स’ र ‘एक सूर्य के तले’ प्रदर्शन प्रदर्शन गरिएको थियो।

प्रदर्शन पछि ‘एकर्स अफ डायमण्ड’का निर्माता इयान थोमस यस,‘शेर्ढाक द गोल्डेन हिल’का निर्माता तथा कलाकार रिन्जीन छेवाङ,‘शेर्पा स्ट्यु’का एन्डी कक्रम र निर्देशक नवीन सुब्बाले अन्तरक्रिया गरेका थिए।

स्कट डेलीसी, गैरआवसीय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेल लगायत उपस्थित नेतृत्वहरुले महोत्सवलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वासिङ्टन डि.सी. महानगर क्षेत्र, न्यूयोर्क, प्यानसिलभेनियाका नेपाली र गैरनेपाली समुदायको महोत्सवमा सहभागीता भएको थियो । पहिलो वर्षको सफलताले आगामी वर्षहरुमा महोत्सवलाई झन भव्य बनाउन उर्जा मिलेको छ।

थप फोटोहरुः यहाँ हेर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17656