कुवेतमा फेरी दुई नेपालीलाई जन्मकैद

कुवेतमा तल्लो अदालतबाट मृत्युदण्ड सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई पुनरावेदन अदालतले जन्मकैद सजाय दिने फैसला गरेको छ।

काठमाडौंका आङलाक्पा शेर्पालाई ४ बर्षको सजाय तोकिएको छ । यसअघि शेर्पा रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। अनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए।

मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारामान श्रेष्ठ निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी रहेको खबर कान्तिपुरमा छ।

उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । कुवेतमा एक महिलासहित १५ नेपालीले जन्मकैद सजाय पाइसकेका छन्।





Comments

comments

Leave a Reply

17660