देशविदेशका २२ जनालाई नइ पुरस्कार, ४ कृति लोकार्पण

काठमाडौं २९ वैशाख, वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले शुक्रवार राजधानी काठमाडौमा बालबालिका सहित २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो।

नइ प्रकाशनले हरेक वर्षवाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वाषिर्क कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपाल सरकारबाट वाङमय शताब्दी पुरूषको उपाधिबाट विभूषित हुनु भएको उपलक्ष्यमा नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई जरीजटित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । उहाँलाई प्राध्यापक शिवगोपाल रिसालले माला लगाएर वाङमय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गर्नु भएको थियो । साथै उहाँको ९८ औं शुभजन्मोत्सवका अवसरमा नइबाट उहाँलाई शुभकामना अर्पण गरिएको थियो।

समारोहमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले दुई लाख रुपिया राशि र ताम्रपत्र सहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण गर्नुभयो । विगत पाँच दशकअघिदेखि नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

त्यसै गरी साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रतिलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ । उहाँलाई नेपाली भाषासाहित्यमा छ दशकअघिदेखि अहोरात्र समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्ता जनजनमा फैलाउनका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पुर्याएको गरिमाशाली योगदानका निम्ति सो पुरस्कार समर्पण गरिएको हो।

सनातन हिन्दू धर्मसंस्कृतिको सर्म्बर्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ।

त्यसैगरी आधुनिक नेपालको एकीकरणबाट निर्मित राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गर्राई मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति बुद्धिनारायण श्रेष्ठलार्इर्र्’नइ कीर्तिनिधि पुरस्कार’ समर्पण भएको छ।

यी तीनै पुरस्कार ताम्रपत्रसहित जनही एक लाख रूपियाँ राशिका रहेका छन्।

समारोहमा ताम्रपत्र सहित ७ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो।

संस्कृति, ज्योतिष र तन्त्रशास्त्रका लागि डा.जगमान गुरूङलाई नइ भूपालदुर्गा पुरस्कार, नारीजागरण तथा साहित्यका लागि शान्ता श्रेष्ठलाई नइ खरा प्रसिद्धि पुरस्कार, साहित्यका लागि कञ्चन पुडासैनीलाई नइ ईश्वरवल्लभ पुरस्कार र चित्रकलातर्फ विजय थापालाई नइ यउजा पुरस्कार समर्पण गरियो।

त्यसै गरेर मुलुक बाहिर बसेर नेपाली भाषाको सेवा गर्ने सुरेशजङ्ग शाहलाई नइ गणेशदुर्गा पुरस्कार, काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको सेवाका निम्ति चितवनका गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा नइ बुलु शर्मा पुरस्कार र रुपन्देहीका अजम्बरध्वज खातीलाई नइ धनरूप पुरस्कार समर्पण गरिएको छ ।

साथै साहित्य, चलचित्र तथा सङ्गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई २५ हजार रूपियाँ राशिको नइ खरा गौरव पुरस्कार र नाटक, समाजसेवा तथा मनोविज्ञानका लागि सुश्री नानी थापालाई १५ हजार रूपियाँका साथ नइ खरा पौरख पुरस्कार समर्पण गरियो।

नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ बर्षसम्मका ६ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेको छ।

यसरी पुरस्कृत हुनुहुनेहरूमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगर रहेका छन्।

त्यसै गरेर १० वर्ष उमेर समूहका एञ्जेल राईलाई गायन तथा सम्राज्ञीश्री बस्नेतलाई नृत्यका लागि ताम्रपत्रका साथ ७ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु कोपिला पुरस्कार र ५ वर्षीय प्रिन्सा विश्वकर्मालाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु चिचिला पुरस्कारसमर्पण गरिएको छ।

समारोहमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट डा.मोदनाथ प्रश्रितको चित्रात्मक कृति ‘मेरो चित्रकारिता’, नरेन्द्रराज प्रसाईद्वारा लिखित, नमीता सिंहद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित Scaling Thange तथा नरेन्द्रराजज प्रसाईद्वारा लिखित, अनुकृतिकाद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित The Great Poet of Nepal किो लोकार्पण भयो।

श्रीमती इन्दिरा प्रसाईको सभातित्वमा सञ्चालित सो समारोहमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, भारतका श्रीमती विन्द्या सुब्बा, साहित्यकार तथा पूर्वमन्त्री डा. मोदनाथ प्रश्रति र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो।

समारोहमा इन्दिरा प्रसाईबाट कविता समेत वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा कविता वाचन, नृत्य र गायन प्रस्तुत गरिएको थियो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव





Comments

comments

Leave a Reply

17695