बुद्ध जयन्तीको अवसरमा कोलोराडोमा शान्ति पदयात्रा…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। २५६१ औं बुद्ध जयन्तीको अवसरमा कोलोराडोको डेनभर डाउनटाउनमा आइतवार शान्ति यात्रा प्रदर्शन गरिएको छ।

कोलोराडोमा सक्रिय संघ संस्थाको आयोजनामा बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति यात्राको आयोजना गरिएको हो।

शान्ति यात्रा सुरुहुनु अघि डाउनटाउन स्थित सिवीक सेन्टर पार्कमा बौद्धगुरु अक्कल तमाङले बुद्धको बिशेष पुजा गरेका थिए । बिशेष पुजा पछि ताईवानी लामा गुरु लोप्पन रेछ्युङ्ग रिन्पोछेले बुद्धको महाबाणी र बद्धत्व प्रप्तीको बारेमा प्रवचन दिएका थिए।

प्रवचन पछि सोही स्थानबाट सुरु भएको शान्ति यात्रा सिक्सटिन स्टिड महल परिक्रमा गरि पुःन सिवीक सेन्टर पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो । यात्रामा सहभागीहरुले नेपालको झण्डा,बुद्धको प्रतिमा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । यात्राको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर स्वागत र समर्थन गरेका थिए।

रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको संयोजनमा तथा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएन, जनसंम्पर्क समिती कोलोरोराडो, अन्तराष्ट्रिय साहित्य समाज, हिमालयज लायन्स क्लव लङमन्ट, प्रवासी नेपाली मन्च, नेवा खःल, बिआरटि नेपाल, यूएस नेपाल न्यूज, किरात राई सोसाईटी अफ अमेरीका, संखुवासभा समाज लगायतका संघ संस्थाहरुको आयोजनामा शान्तियात्रा सम्पन्न भएको हो।

शान्तियात्रापछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, साहित्यिक पत्रकार ब्याकुल पाठक, नेपाली घरका महासचिव लछुमण राना, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, तमुधिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, जनसंम्पर्क समिती कोलोराडो अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, बौद्ध गुरु अक्कल तमाङले संम्बोधन गरेका थिए । उनीहरुले बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा सहभागी सबैलाई धन्यबाद दिएका थिए।





Comments

comments

Leave a Reply

17722