हिमालयज लायन्स क्लब लङमन्ट लायन्स इन्टरनेशनल प्रेसिडेन्ट एवार्डद्धारा सम्मानित

नातिबाबु भट्ट

कोलोराडो अमेरिका। मे २२। हिमालयज लायन्स क्लब लङमन्टलाई शनिबार सम्पन्न लायन्सको कोलोराडो स्टेड कन्भेन्सनमा लायन्स इन्टरनेशनल प्रेसिडेन्ट एवार्डद्धारा सम्मान गरिएको छ।

स्थापनाको छोटो अबधिमा नै लायन्सको मुल्य र मान्यताभित्र रहेर बातावरण, स्वास्थ्य, शिक्षा तथा पोषणको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै क्लबका अध्यक्ष जोशन श्रेष्ठलाई लायन्स क्लबका पाष्ट ईन्टरनेसनल डिरेक्टर जो क्रेष्टनबाट एक समारोह बिच सम्मान गरिएको हो।

डेनवर्कस्थित डवल ट्री होटलमा सम्पन्न कार्यक्रममा कोलोराडोस्थित चार डिष्ट्रिकका डिष्ट्रक गभर्नर, १ सय ५० भन्दा बढि बिभिन्न क्लबका पदाधिकारी तथा गन्यमान्यहरुको उपस्थिति रहेको थियो।

समारोहमा क्लबका महासचिब प्रमोद श्रेष्ठको पनि सहभागिता रहेको थियो । नेपालीहरुको सकृयतामा कोलोराडोमा गठित उक्त क्लब एक बर्ष आगाडिमात्र गठन गरिएको हो।





Comments

comments

Leave a Reply

17981