पूर्वमन्त्री कर्ण थापाले फिर्ता गरेनन् गाडी

काठमाडौं, १३ असोज। पदमुक्त भएपछि पनि पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा.१झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन्। सामान्यत: मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ। तर, थापा पदमुक्त भएको दुई साता बितिसकेको छ।

उद्योग मन्त्रालयका अधिकारीहरूका अनुसार गाडी बुझाउन थापालाई पटक–पटक आग्रह गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। गाडी बुझाउनुको सट्टा उल्टै उनले आफूलाई अशिष्ट व्यवहार गर्ने भन्दै धम्क्याएको एक अधिकारीले बताए।

पूर्वमन्त्री थापाले भने आफूले हालका मन्त्री महेश बस्नेतसँग नै आग्रह गरेर केही दिनका लागि गाडी राखेको बताएका छन्। ‘मैले तीनवटा गाडी प्रयोग गरेको थिएँ। दुईवटा फिर्ता गरिसके। अब यो एउटा पनि चाँडै फिर्ता गर्छु,’ उनले भने, ‘केही दिन अर्को विकल्प नहुँदासम्म मात्रै प्रयोग गरेको हुँ। मन्त्री भएको मान्छे केही दिन त म्यानेज गर्न पनि लाग्छ नि त!’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1799