ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु बिजयी

काठमाडौं, ललितपुर महानगरपालिकाकm मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्।

उनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३६५ मतले पराजित गरेका हुन्।

महर्जनले २४६६६ र हरिकृष्ण व्यञ्जनकारले २४३०१ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकै गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यले १४१४४ मत ल्याइन्।





Comments

comments

Trending Now : यि हुन् हालै छानिएका मगर सुन्दरीहरु, मिस मगर बनिन् सनम गर्बुजा