युद्ध भूमिमा पनि प्रेमको भावना: रोशन मेवाहाङ

संवाददाता / एचकेनेपाल डट कम-
लण्डन , जेठ ११ ।’जहाँ रबि पुग्दैनन त्यहाँ कबि पुग्छन्’ भने जस्तै सर्जकका लागि सिमानाले छेक्दैन चाहे बुद्धको भूमि होस चाहे युद्धको भुमि!

अफगानिस्तान जस्तो ठाउँमा रहदा पनि गीत , संगीत र साहित्यको जन्म भैरहदो रहेछ यदि मन मलिलो भयो भने यसै भन्छन् गीतकार रोशन मेवाहाङ। उनले ‘आइ लाभ यु’ बोलको गीत पनि अफगानिस्तानको युद्ध भूमिमा रहदा रचना गरेका हुन् । जुन गीतमा आफ्नो प्रियतमलाई मन मुटु भित्र संगालेर मिठो भावनालाई सारंगीको तारहरुमा रेटेर प्रेमको आलाप गरिरहेका छन्। जुन गीतलाई ओ एस आर डिजिटलले अाफ्नो सामाजिक संन्जाल मार्फत बजारमा ल्याएको हो।

गीतलाई गायक चन्द्र श्रेष्ठले स्वर संगीत दिएका छन् । नेपाली साहित्य र गीति लेखनमा गीतकार मेवाहाङको पहिलो रेकर्ड भए पनि उनका थुप्रै फुटकर गीतहरु छन्। गायिका मेलिना राई र रेवत राईको आवाजमा रहेको ‘हिमालझै माया अग्ली रहोस्’ बोलको गीत पनि गीतकारको निक्कै उत्कृष्ट गीत हो।

गायक श्रेष्ठ धेरै बर्षको अन्तरालपछि यसै गीतबाट आधुनिक शैलीको गीतमा डेब्यु गरि रहेका छन्। प्रतिभा सांगीतिक परिवारमा आबद्ध गायक श्रेष्ठले उक्त सस्थाको गीति एल्बममा पनि संगीत गरेका छन् भने २ दर्जन भन्दा धेरै नेपाली लोक गीतहरुमा आवाज दिई सकेका छन्।

समग्र रुपमा मिठो बनेको यस गीतलाई च्यानल पत्रकार दिपक चाम्लिङले भिडियो संम्पादन गरेका हुन्।





Comments

comments

Leave a Reply

18052