कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

नातिबाबु भट्ट
कोलोराडो, अमेरिका। साहित्य तथा संस्कृतिका धुरन्धर बिद्धान कवि तुलसी दिवसलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी जुन १० तारिख शनिबारका दिन कवि गोष्ठी समारोहमा कवि दिवसलाई अभिनन्दन गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताए।

नेपाली लोक संस्कृतिका वरिष्ठ अभियान्ता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य प्राध्यापक तुलसी दिवसलाई आफ्नै घर आगनमा भेट्न र उनका सारगर्भित कविता प्रत्यक्ष श्रबण गर्न पाउने सुभ अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनहुन अध्यक्ष ढुङ्गेलले सबै कोलोराडो बासी साहित्य अनुरागीहरुलाई आग्रह गरेका छन्।

त्ससैगरी सोही समारोहमा स्थानीय कवि ,कवयित्री तथा सर्जकहरुलाई आ–आफ्ना सृजना प्रस्तुत गर्ने अवसरका साथै साहित्यकार केनी पाण्डेद्धारा लिखित अदर साईड अफ प्याराडाईस पुस्तकको विमोचन कार्यक्रम समेत हुने बताईएको छ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

18154