पाइटल कैलाश गुरुङको शोकमा डुब्यो भोजपुर…

सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर बाजुराको कोल्टीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो।

दुर्घटनामा हवाईजहाजचालक महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । कैलाशको मृत्यु भएको दुःखद समाचार सञ्चारमाध्यममा आएसँगै कैलाशका बालसखा आत्मीय साथी हरि राई स्तब्ध भए।

सामाजिक सञ्जालमार्फत अचानक यो खबर थाहा पाउँदा उनले बालापन सम्झिए। ‘आज मैले मेरो असल र प्यारो साथी गुमाएको छु’, भावुकतामा डुब्दै उनले भने, ‘लेखान्तले कहाँ पुर्‍याउँदो रहेछ, सपनाजस्तै लागिरहेको छ, उसले उडाएको जहाज क्र्यास भएको ।’ हरि अहिले एमाले केन्द्रीय सदस्य हुन्। उनी यो दुःखद समाचार थाहा पाउँदा स्थानीय तहको चुनाव प्रचारप्रसारमा व्यस्त थिए।

भोजपुरको पश्चिमी ट्याम्के मैयुम गाउँपालिका-२, छिनामखुको घोडेनागी नौलेगाउँमा जन्मिएका कैलाश सानैदेखि मिहिनेती थिए। साथीभाइसँग मीठो बोल्ने उनी नराम्रा प्रवृत्तिबाट सधैं टाढा रहे। २०२७ सालमा भूपू ब्रिटिस गोर्खा आर्मी नरबहादुर गुरुङको माइलो सन्तानको रुपमा जन्मिएका कैलाशका एक दाजु, दुई भाइ र चार दिदीबहिनी छन् ।

कैलाशलाई पनि बाबुजस्तै आर्मी हुने रहर थियो उनी सानैदेखि मिहिनेती र पढाइमा तेज रहेको उनका साथीभाइहरू भन्छन्। उनले धनकुटा-हिले हुँदै चतराबाट नुनको भारी पनि बोकेका थिए। अन्नपूर्णमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18174