बरिष्ठ गायक शम्भु राई पोर्चुगलमा सम्मानित !

सुनिल संगम, लिस्बन। बरिष्ठ गायक तथा संगीतकार शम्भु राईलाई गैरआवासीय नेपाली संघ पोर्चुगलले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

संघको आफ्नै कार्यालयमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष भीम कमल केसीले गरेका थिए।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम कमल केसी, उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष सुनिल संगम, कोषाध्यक्ष रुपक श्रेष्ठले खादा लगाएर बरिष्ठ गायक राईलाई सम्मान गरेका थिए।

अध्यक्ष केसीले पोर्चुगलमा रहेको नेपाली समाजको स्थिति, उपलब्धी र समस्याहरुको जानकारी गराउँदै बरिष्ठ गायक राईको उत्तरोतर प्रगतिको कामना गरेका थिए भने उपाध्यक्ष सुनिल संगमले नेपाली गीत संगीत सम्बन्धी चासो ब्यक्त गर्दै अहिलेको नेपाली गीतसंगीत प्रबासले धानिरहेको र जटिल मोडमा पुगेको गुनासो राख्दै ध्यानाकर्षण गराएका थिए।

सम्मानित गायक शम्भु राईले आफ्नो तर्फबाट धन्यबाद ज्ञापन गर्दै आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष सुनिल संगम, कोषाध्यक्ष रुपक श्रेष्ठ, सदस्य तथा पत्रकार वाई बी गुरुङ, किरात समाज पोर्चुगल तथा संघीय समाजबादी फोरम पोर्चुगलका अध्यक्ष गणेश याख्खा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संघका सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका उपाध्यक्ष्य तथा पत्रकार वाईबी गुरुङले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18286