समिरा श्रेष्ठ भईन् नेपाल्स चबी मोडलको बिजेता

सुर्य चन्द

काठमाडौँ : नेपालमानै पहिलो पटक सिद्धि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको बिजेता बनेकी छिन समिरा श्रेष्ठ।

बुधबार अबेर साँझ राजधानीको नाँचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन्। फर्स्ट रनरअप मिनु तामाङ र सेकेण्ड रनरअपको उपाधि कृति बर्तौलाले हात पार्न सफल भएका छन्। त्यसैगरी अन्य विधातर्फ बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट स्किन प्रेरणा श्रेष्ठ, मिस ड्यासिङ्ग रितु कपाली, बेस्ट हेयर सिमा बोम्जन, बेस्ट स्माईल मेनका जोशी, मस्ट फ्रेन्डली निकिशा दंगाल, मिस बब्लि र मिस मल्टिमिडिया च्वाइस कृति बर्तौला, मस्ट ट्यालेन्ट सगुन गुरुङ, मस्ट पंगचुअल र मिस कन्फ़िडेण्ट सपना राइ, मस्ट स्ट्यालिस क्यारिना शाक्य, बेस्ट डिसिप्लिन नाबिता गुरुङ, मिस पपुलर र मस्ट ओबिडेण्ट सामन्ता गौतम, मस्ट सिन्सियर सिवानी खरेल र मस्ट चार्मिंगमा सबु महर्जनले उपाधि हात पार्न सफल भएका छन्।

पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफूलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मन्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिएको जानकारी सिद्धि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिए।

प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चर्चित कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा, मोडल आश्मा गिरी तथा निर्माता सुमन काजि बिष्ट थिए। पूर्बमन्त्री जयन्त बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा पूर्ब प्रहरी महनिरिक्षक मोतिलाल बोहोरा बिशेष अतिथि रहेका थिए।





Comments

comments

Leave a Reply

18396