कतारमा ‘सुपर स्टार नाइट धामाका २०१७ ’ हुदै


सन्तोष राज

कतारमा सुपरस्टार नाइट धमाका आयोजना हुने भएको छ । जुन २६ र २७ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्राण्ड मल सनायामा आई बोस ग्लोवल कम्पनीको प्रस्तुतिमा कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।

विमल कुमार, कुसेश्वर शाह, सनम थापाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन । २ दिन गरिने च्यारिटीमा पहिलो दिन नेपाली र दोश्रो दिन मैथिली भोजपुरी सांगीतिक तथा सांस्कृतिक धमाका हुने आयोजनकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि कलाकार दिपकराज गिरी, प्रियंका कार्की, सेलिना कुवर, साहिमा श्रेष्ठ, मेलिना राई दुर्गेश थापा, भोजपुरी चलचित्र जगतका लोकप्रिय कलाकार रानी चटर्जि, सन्तोष राज, राकेश मिश्रा, सुनिल छैला बिहारी, ग्लोरी महन्ता,कल्पना साह लगायतको उपस्थिति रहने छ ।





Comments

comments

Leave a Reply

18427