भारतले फेरि रोक्यो चार सय नेपाली बुलेट

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए।

सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन।





Comments

comments

Leave a Reply

18459