बेलायती गोर्खा रेजिमेन्टभित्र सिसिसि प्रतियोगिता

रोशन मेवाहाङ्ग –
लण्डन , आषाढ १० । वेलायती दोश्रो गोर्खा रेजिमेन्ट भित्र हरेक बर्ष हुने च्याम्पियन कम्पनी प्रतिस्पर्धा सकिएको छ।

बिभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिता समेटिएको च्याम्पियन कम्पनी प्रतिस्पर्धामा बाजी मार्दै २० बर्ष पछी ‘सि’ कम्पनीले च्याम्पियन कम्पनीको उपाधि चुमेको हो।

दोश्रो गोर्खा रेजिमेन्टको ‘सि’ कम्पनीले ईतिहास दोहराउदै २० बर्ष पछि फेरी च्याम्पियन कम्पनीको उपाधि हात पारेको हो। हरेक बर्ष गोर्खा रेजिमेन्टभित्र प्रतिस्पर्धा गरिने यस प्रतियोगितालाई अत्यन्तै महत्वका साथ लिने गरिन्छ । बटालियन भित्रका कम्पनीहरु विच गरिने च्याम्पियनशिप होडबाजी बर्ष भरी च्याम्पियन कम्पनी हुन पाउने भएकाले पनि प्रतिस्पर्धा चर्चित र कडा रहने गर्दछ।

करीब दुई साता होडबाजी रहने प्रतियोगितामा गत बर्ष पनि ‘सि’ कम्पनीले च्याम्पियन कम्पनीको झण्डा फर्रफराएका थिए । यस बर्षको प्रतियोगितामा ‘ए’ र ‘सि’ कम्पनीको अंक बराबरी रहे पनि कमाण्डिङ्ग अफिसर मुरेले शक्ति प्रयोग गदै पुन ‘सि’ कम्पनीलाई च्याम्पियन कम्पनीको घोषणा गरेका थिए।

कर्णेल मुरेको निर्णयलाई उक्त बटालियनका सैनिकहरुले आफ्नो सामाजिक सन्जालमा छपछप्ती नकरात्मक टिप्पणी र आलोचना गरिरहेका छन् । केही सैनिकले सैनिक परिसरभित्र निष्पक्ष प्रतियोगिता गरिन आवाश्यक रहेको दावी गरेका छन् भने सिपाई मिलन सारु मगरले यस बर्षको प्रतियोगिता निष्पक्ष रहेको बताए।

मुख्य रुपमा आर्मी दौड प्रतियोगिता, आर्मी ज्ञानको परीक्षा,चादँबारीमा बन्दुकको निशाना, खेलकुद र पौडीवाज जस्ता प्रतिस्पर्धामा उच्च र उत्कृष्ठ नतिजा ल्याउने कम्पनीले मात्रै उत्कृष्ठ नतिजा ल्याउन सक्ने भएकाले कुन कम्पनी सर्बश्रेष्ठ ? भन्ने छुट्ट्याउन यो प्रतिस्पर्धा आयोजना हुने गर्दछ र यो प्रतिस्पर्धाले अन्यन्तै महत्वपूर्ण भूमिका खेख्ने गर्दछ ।

अर्को महिनादेखि विशेष सुरक्षाका लागि व्रुनाई राजदरबारमा खटिन लागेका दोश्रो गोर्खा बट्टालियन बेलायती सेना भित्रको चर्चित बट्टालियनहरुको शीर्ष स्थानमा रहेको अत्यन्तै उत्कृष्ठ बट्टालियन मध्यको एक बट्टालियन हो।

अन्यन्तै अनुभबी र कुशल सैनिक अधिकृतका रुपमा चिनिएका बट्टालियन कमाण्डर लेफ्टिनेन्ट कर्नल जेसि मुरे र गोर्खा मेजर गजेन्द्र आङ्गदेम्वेको नेतृत्वमा तीन बर्षका लागि ब्रुनाई राजदरबारको सुरक्षाको जिम्मा दोश्रो गोर्खा राईफल्सले लिन लागेको हो । यस बट्टालियनले महत्वपूर्ण जिम्मेवारीहरु उत्कृष्ठ व्यवसायिक कुशलताका साथ पुरा गर्दै आएकाले पनि दोश्रो गोर्खा राईफल्सलाई व्रिटिस सेनाभित्र बिषेश सम्मानित नजरले हेर्ने गरिन्छ।

च्याम्पियन कम्पनिका कमान्डर मेजर ओल्ड फिल्ड, सहायक कमान्डर क्याप्टेन सन्जिब राई अनि कम्पनी सार्जन्ट मेजर डब्लुओटु लाख बहादुर गुरुङ रहेका थिए । च्याम्पियन कम्पनिका लागि विशेष संयंोजन वारेन्ट अफिसर वान भोजपुर निवासी संगम राईले गरेका थिए।





Comments

comments

Leave a Reply

18491