प्रहरी अझै बेपत्ता

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन्।

प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो । दुईको शव शुक्रबार बिहान फेला परेको थियो ।

दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि रहेको खबर नागरिक दैनिक छ।





Comments

comments

Leave a Reply

18504