तमु धिं नेपालद्धारा साल्मेडाँडाको अवलोकन भ्रमण


फाइल फोटो

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, गोर्खा भूतपूर्व सैनिक संघ(गेसो) गोर्खा स्मारक ट्रष्टद्धारा स्याङ्जा फेदिखोला गाँउपालिकास्थित साल्मेडाडामा निर्माणाधीन गोर्खा स्मारक स्थलको शनिवार तमु धिं नेपाल, क्षेत्रीय तमु समाजहरु, आमा समिति लगायतले अवलोकन भ्रमण गरेको छ।

बेलायती साम्राज्यको तर्फबाट विश्वयुद्धहरु लगायत विभिन्न लडाइहरुमा सहभागी भई बेपत्ता भएका ६० हजार भन्दा बढी गोर्खा पितृहरुको स्मृतिमा साल्मे डाडामा निर्माण भईरहेको स्मारकको अवलोकन भ्रमणका लागि गोर्खा स्मारक निर्माण समितिको आग्रहमा तमु धिं नेपाल, क्षेत्रीय समाजहरु, आमा समितिले पुण्यस्थल साल्मेडाडाको अवलोकन भ्रमण गरेको हो।

अवलोकन भ्रमण समुहको स्वागतमा गोर्खा स्मारक समितिले आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले नेपालकै गौरबको गोर्खा स्मारक निर्माण अभियानमा तमु धिं नेपाल र क्षेत्रीय समाजहरुबाट छलफल गरी सहयोग हुने बताउनुभयो । स्मारक निर्माण पनि विकासकै कार्य भएकाले निर्माण समितिले स्थानीयको सहभागीतामा निर्माणलाई अघि बढाएकोमा प्रसंसा गर्नुभयो ।

गोर्खा स्मारक ट्रष्टका महासचिव तथा गेसोका संस्थापक महासचिव डा.चन्द्रबहादुर तमुले गोर्खाको न्यायको आन्दोलनसँगै बेलायती साम्राज्यको विरुद्धको अभियानको रुपमा साल्मेडाडामा गोर्खा स्मारक निमार्ण गरिरहेको बताउनुभयो । उहाँले निर्माण परियोजनाको बारेमा जानकारी गराउनुहुदै सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

तमु धिं नेपालका पुर्व द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले गेसोले गोर्खा स्मारक ट्रष्ट मार्फत बेलायती साम्राज्यले गोर्खा माथि गरिएको विभेद, अमानवियता, मानवअधिकार उल्र्लंघनको विरुद्ध लडाईको अर्को स्वरुप साल्मेडाडामा गोर्खा स्मारक निर्माण भईरहेको बताउनुभयो । उहाँले गोखाको पहिचान, न्याय र पराईका लागि अनाहकमा ज्यान गुमाएका ६० हजार भन्दा बढी पुर्वज पितृको स्मृतिमा स्मारक निर्माणमा सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

तमु धिं नेपालका सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले गोर्खा स्मारक निर्माणको योजना सम्पन्न गर्न व्यवसायीक कम्पनीहरुसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

तमु धिं नेपालमा सहसचिव दुर्गाबहादुर तमुले निर्माण समितिलाई शुभकामना दिनुहुदै ऐतिहासिक परियोजना सम्पन्न गर्न तमु समाजहरु लगायत राज्यको तर्फबाट बजेटको पहल जरुरी रहेको बताउनुभयो ।

तमु सहयोग समिति नयाँबजारका अध्यक्ष क्या.रचेबहादुर तमुले स्मारक निर्माण सम्पन्न गर्नका लागि बेपत्ता पारिएका ६० हजार बढी गोर्खाको रहल पहल पैसा खोजी गरी लगानी गर्न सुझाव दिनुहुदै उहाँले आफ्ना छोरा नातिहरुलाई लाहुरे होइन शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

तमु धिं नेपाल आमा समितिका अध्यक्ष हरिमाया तमुले गोर्खा स्मारक भुपू र तमुहरुका मात्रै नभई सबै नेपालीको प्रतिष्ठासँग जोडिएको निर्माण कार्य भएको बताउनुभयो ।

बुटवलका युवा समाजसेवी राजु तमुले एतिहासिक अभियानमा आफ्नो तर्फबाट सक्दो पहल हुने भन्दै निर्माण समितिलाई ५ हजार ५ रुपैया सहयोग हस्तान्तरण गर्नुभयो ।

गोर्खा स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वोज तमुको अध्यक्षतामा भएको कार्यक्रमका सहसचिव खरिकुमारी तमुले स्वागत र सल्लाहकार दिवाकर सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

अवलोकन भ्रमणमा तमु धिं नेपालका कार्यसमिति, सल्लाहकार, क्षेत्री समाजका अध्यक्ष लगायत कार्यसमिति, तमु धिं नेपालका अध्यक्ष समिति लगायत क्षेत्रीय आमा समितिको बृहत सहभागीता रहेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18506