यात्रीको नाट्यकृति ‘एक्लाएक्लै’ प्रकाशित

नाटककार कृष्ण शाह यात्रीको नयाँ नाटकसंग्रह ‘एक्लाएक्लै’ प्रकाशित भएको छ । तीन वर्ष यता लेखिएका नौ ओटा नयाँ नाटकहरु यस पुस्तकमा संगृहित छन् । यात्रीको यो छैठौं नाटकसंग्रह र ४२ औं साहित्यिक कृति हो।

‘एक्लाएक्लै’ मा वैदेशिक रोजगारीमा गएर मृत्युवरण गरी लासका रुपमा कफिन (शवपेटिका)मा बन्द भएर हवाई अड्डामा उतारिएकाहरुको कथा व्यथा, आर्यघाटमा मुर्दा पोल्ने घाटेको मनोविज्ञान, भुकम्पमा घर मुनि पाँच दिन पुरिएर विवित उद्धार भएका पात्रको मनोदशा, बुद्ध र आम्रपालीको सम्बन्ध, नेपालको संक्रमणकालीन अवस्था आदिलाई विषय बनाइएको छ । यस संग्रहका कृही नाटकहरु काठमाडौं, ललितपुर, धरान लगायतका सहरमा मञ्चन भइसकेका छन् । यस अघि कृष्ण शाह यात्रीका ‘समय अवसान (२०६१)’, ‘मान्छे÷मान्छेहरु’ (२०६४), ‘निर्वासित मनहरु’ (२०६७), ‘अतिरिक्त यात्रा’ (२०६७) र ‘बामियानका चिसा बुद्धहरु’ (२०७१) जस्ता नाटकसङ्ग्रह प्रकाशित भइसकेका छन् । यात्रीका नाटकहरु त्रिभुवन विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् । ‘एक्लाएक्लै’ नाट्यकृति डिकुरा पब्लिकेसनले प्रकाशित गरेको हो।

समालोचक डा. सञ्जीव उप्रेती ‘एक्लाएक्लै’ पुस्तकको भूमिकामा भन्छन्, “यात्रीका नाटकहरुमा स्थानीयता, राष्ट्रियता तथा विश्वव्यापी विषयवस्तु संयोजित देखिन्छ । उनले समसामयिक विषयलाई रङ्गमञ्चको भाषा, शैली र रङ्गहरुमा ढाल्दै यात्रीले सामाजिक यथार्थवाद तथा प्रयोगधर्मिताको अनौठो तर सुन्दर मिश्रण प्रस्तुत गर्दै आएका छन् । उनका नाटकमा एकातिर जल्दाबल्दा राजनीतिक तथा सामाजिक समस्याको यथार्थवादी चित्रण भेटिन्छ भने अर्कोतिर स्वैरकल्पना तथा पराख्यानको प्रयोगमार्फत उत्तरआधुनिक रङ्ग देखिन्छ । यात्री नेपाली नाट्यक्षेत्रका एक सशक्त अभियन्ता हुन्।”

पुस्तकको भूमिकामा नाट्यविद् प्रा.डा. केशवप्रसाद उपाध्यायले भनेका छन्, “एक्लाएक्लै नाट्यकृतिमा वत्र्तमान सामाजिक यथार्थलाई यथार्थवादी र स्वैरकल्पनामूलक नाट्यशिल्पमा प्रस्तुत गरिएको छ । यिनका नाट्यवस्तु अन्तर्गत समकालीन घटना अन्तर्गत अतीतका घटना, पात्र र प्रवृत्तिको समयसापेक्ष सादृश्यको प्रतिविम्व भएको छ ।”

प्रयोगवादी नाटकमा विद्यावारिधि गरेका डा. आशोक थापाले संग्रहको भूमिकामा भनेका छन्, “यात्री नेपाली नाटक लेखन, रंगकर्म एवं अनुसन्धान क्षेत्रका सिङ्गो तस्वीर हुन् । नेपाली नाट्यलेखन परम्पराको पछिल्लो चरण यात्रीकै प्रवृत्तिगत नेतृत्वमा जीवन्त बनेकाले पनि भन्न सजिलो भएको हो समसामयिक नेपाली नाटकका हस्ती हुन् यात्री जसले नेपाली नाटकरुपी अभियानलाई गन्तव्यमा पु¥याउन कम्मर कसेर लागेका छन् । उनका पछिल्ला नाट्यकृतिबाट रङ्ग प्रवीणताको ठूलो साम्राज्य उद्घाटित भएको छ, ‘एक्लाएक्लै’ को नाट्यशिल्पले यस्तै तथ्यको सङ्केत गर्छ” ।





Comments

comments

Leave a Reply

18508