बेलायती गोर्खा सैनिकहरुले दोश्रो विश्व युद्धमा छोडिएको खुकुरी भेटाए

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

ईटाली , २७ जुन। जब बेलायती गोर्खा सैनिकहरुले ईटालीको क्यासिनो शहरस्थित हेङ्गम्यान डाँडामा अध्ययन गरिरहेका थिए। त्यसैबेला स्थानीयवासी डेमियानोले एक्कासी दोश्रो विश्व युद्धमा एक गोर्खा अफिसरले मायाको चिनो स्वरुप दिएका खुकुरी निकाल्दै गोर्खाहरुलाई चकित पारिदिए।

करीब ५ सय मिटर अग्लो उक्त डाँडाको बारेमा क्याप्टेन राम राईले भने-‘ बाँदर पनि लडि झर्ने यस्तो भिरालो डाँडामा पुर्खाहरुले कसरी लडाई लडे मलाई अचम्म लागिरहेको छ।’ सिएसएस कम्पनीका अफिसर कमान्डिगं मेजर राज राईले ७३ बर्षपछि पूर्व गोर्खा सैनिकहरुले युद्धमा प्रयोग गरेको खुकुरी फेला पार्दा आफू भावुक बने पनि लडाईको लागि निकै उत्साह बढेको बताए।

सन् १९३९ बाट चर्किएको दोश्रो विश्व युद्ध झनै चर्किन थालेपछि आफनो देशलाई सुरक्षा दिन ईटालीको मध्य भूभागमा रहेको करीब २ हजार मिटर अग्लो डाँडाहरुमा जर्मनका हिटलरले आफ्नो सैनिकहरु सुरक्षाका लागि सन् १९४३ सेप्टेम्बरबाट तैनाथ गरेको अवकाश प्राप्त व्रिगेडियर जेनेरल रिचर्डले जानकारी दिए।

सन् १९४४ मे महिनामा क्यासिनो शहरमा युद्ध सकेर फर्किन लाग्दा १/९ गोर्खा रेजिमेन्टका गोर्खा अफिसरले मायाको चिनो स्वरुप उक्त खुकुरी डेमियानोको काकालाई दिएको जानकारी दिए।

दोस्रो विश्व युद्ध सन् १९४४ मा सकिए लगतै गोर्खा रेजिमेन्टका मुख्य कार्यालयले गोर्खा राईफल्सका सिएसएस कम्पनीलाई युद्ध सम्मानको घोषणा गरेका थिए। करीब ७३ बर्षपछि पहिलो चोटि दोस्रो गोर्खा राईफल्सका सैनिकहरुले रणभूमिको अध्ययन गर्न ईटालीको क्यासिनो शहर गएका हुन्।

खुकुरी नेपालको आदर्श वीरताको चिनो हो। यो नेपालीहरूको आधारभूत र पारम्परिक जरुरी हतियार मान्दै आईरहेका छन् । हतियारको रूपमा धेरै प्रभावशाली मानिने खुकुरी, विश्वमा छरिएर रहेक गोर्खालीहरूको चिनो मात्र होईन, शान पनि हो। यो नेपाल आर्मीहरुले पनि हतियारको रुपमा प्रयोग गर्दै आईरहेका छन्।

नेपाल-अंग्रेज युद्धमा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई दाप भनिन्छ । वेलायती गोर्खा सैनिकमा मुख्यतय दुई प्रकारका खुकुरी प्रयोग गरीन्छ।

विगत द्धिशतबार्षिकीबाटै वेलायती गाउँघर र संसारभर खुकुरी नृत्य अत्यन्तै लोकप्रिय बनिरहेको छ।

वेलायती गोर्खा सैनिकहरु ईटालीको हेङ्गम्यान हिलमा…
ईटाली, २७ जुन। दोश्रो विश्व युद्धमा गोर्खा सैनिकहरुले हिटलरविरुद्ध कसरी लडाई लडेका थिए भन्नेबारे जानकारी लिन र अनुसन्धान गर्न यतिबेला वेलायती दोश्रो गोर्खा रेजिमेन्टका सैनिकहरु ईटालीमा छन्। दोश्रो विश्व युद्धमा यो डाँडामा सयौं गोर्खा सैनिकहरुले आफ्नो ज्यान गुमाएका थिए। ईटालीबाट फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि रोशन मेवाहाङ्ग

 

Gurkha News: वेलायती गोर्खा सैनिकहरु ईटालीको हेङ्गम्यान हिलमा…

दोश्रो विश्व युद्धमा गोर्खा सैनिकहरुले हिटलरविरुद्ध कसरी लडाई लडेका थिए भन्नेबारे जानकारी लिन र अनुसन्धान गर्न यतिबेला वेलायती दोश्रो गोर्खा रेजिमेन्टका सैनिकहरु ईटालीमा छन्। दोश्रो विश्व युद्धमा यो डाँडामा सयौं गोर्खा सैनिकहरुले आफ्नो ज्यान गुमाएका थिए। ईटालीबाट फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि रोशन मेवाहाङ्ग

Posted by HKNepal.com on Tuesday, 27 June 2017

.

वेलायती गोर्खा सैनिकहरु हिटलरको काँडे तार हेर्न रोम प्रस्थान

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन , आषाढ १२ । वेलायती दोस्रो गोर्खा रेजिमेन्टका सैनिकहरु दोस्रो विश्व युद्धमा गोर्खा सैनिकहरुले हिटलरविरुद्ध कसरी लडाई लडेका थिए? त्यससम्बन्धी जानकारी लिन ईटाली प्रस्थान गरेका छन्।

जर्मनका हिटलरले किन ईटालीको डाँडा -डाँडामा डिफेन्स् गरेका थिए । सन् १९३९ बाट चर्किएको दोस्रो विश्व युद्ध झनै चर्किन थालेपछि आफनो देशलाई सुरक्षा दिन ईटालीको मध्य भूभागमा रहेको करिब २ हजार मिटर अग्लो डाडाहरुमा जर्मनका हिटलरले आफ्नो सैनिकहरु सुरक्षाका लागि खटाएको अवकाश प्राप्त जेनेरल रिचर्डले बताए।

७० वर्षपछि पहिलो चोटि गोर्खा सैनिकहरु ईटालीस्थित हिटलरले डिफेन्स् कसरी गरेका थिए भनेर जानकारी लिन रोम लागेका हुन्।

रेजिमेन्टका सिएसएस कम्पनी अफिसर कमान्डिङ राज राई र वारेन्ट अफिसर टु सन्तोश राईको विषेश संयोजनमा चार दिने भ्रमणमा गोर्खा सैनिकहरुले दोस्रो विश्व युद्धमा पुर्खाहरुले कसरी हिटलरविरुद्ध लडाई लडे भन्ने बारेमा ज्ञान लिन गएका हुन्।

संसारभर तहल्का मच्चाई रहेका हिटलर गोर्खाली सैनिकहरु लडाई लड्न आउने समाचारले तर्सिए पनि अमेरीका, वेलायत, क्यानाडा, न्युजिल्याण्ड , ब्राजिल, पोल्याण्ड र फ्रान्सले संयुक्त शक्ति प्रयोग गर्दै हिटलरको सपनालाई तुहाएका थिए।

लण्डन विमानस्थलबाट उडान भर्न अघि र रोम विमानस्थलमा अवतरण गरिसकेपछि दुवै अध्यागमनले निकै वेर अल्झाएको नाम नखुलाउने सर्तमा एक गोर्खा सैनिकले जानकारी गराउदै उनले भने-‘व्रिगेड अफ गोर्खाजमा सेवा गरिन्जेल वेलायती पासपार्ट लिन नपाउने नीति रहेको कारण गोर्खा सैनिकहरुले लडाईको मिसन तथा कुनै देश तालिम लिन गन्तव्यमा रहंदा यात्रामा बाधा-असर पुगिरहेको छ।’

उक्त यात्रामा वेलायती पासपोर्ट हात पारिसकेका गोर्खा सैनिक कर्पोरल लाल आगंथुपोले भने -‘व्रिगेड अफ गोर्खाजको मुख्य कार्यालयले सेवामा रहदै वेलायती राहदानी दिन सके बाहकलाई रोकतोक नगरी सरासर मिसन वा तालिम अभ्यासको सिलसिलामा गन्तव्यमा हिड्दा अध्यगमनले दुख नदिने र मिसनमा असर नपुग्ने जानकारी दिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18518