आज दहीच्यूरा खाने दिन

काठमाडौँ, १५ असार। असारको १५ गते नेपालीले दहीच्यूरा खाएर खुसियाली मनाउने परम्परा छ ।

धान रोपाइँको चटारोमा रहेका किसानले खेतमै दहीच्यूरा खाएर रोपाइँ गर्ने चलन छ । आयुर्वेदमा दहीलाई पाचन प्रणाली सक्रिय गराउने खाद्यवस्तुका रूपमा लिइएको छ।

ज्योतिष एवं संस्कृतिका जानकार डा. सुनिल सिटौलाका अनुसार मौसम, पर्यावरण र वातावरण अनुकूलको भोजन गर्ने परम्परा रहेकाले वर्षाद्को बेलामा दहीच्यूरा भोजन गर्ने चलन चलेको हो।

भकारीमा राखिएका अन्न सकिएर अन्नको जोहो हुन नसक्ने यस महिनामा धान कुटेर बनाइएको च्यूरा खाने चलन चलेको उहाँको भनाइ छ।

वर्षादमा आकाशेपानीले ढाडिएको शरीरलाई ऊर्जामय बनाउन दहीच्यूरा खानु स्वास्थवर्द्धक हुने वैद्य सुवर्ण वैद्यले बताउनुभयो। गोरखापत्रले खबर छापेको छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18563