प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा


काठमाडौं, असार १६ । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ।

भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए ।

अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए । घटनाको भोलिपल्टै भारत लागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले इन्टरपोलसमक्ष ‘रेड कर्नर’ नोटिसका लागि गत साता आग्रह गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.