बाल दुराचारी जर्मन नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दूराचारको आरोपमा ६३ बर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकेलाई पक्राउ गरेको छ।

उनले नेपाली नाबालकहरुलाई खानेकुरा र विभिन्न सामान दिई प्रलोभनमा पारी यौन दुराचार गरेको अनुसन्धानले देखाएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

अल्बर्ट २३ बर्षदेखि नेपाल आउने जाने गरिरहेका थिए । पछिल्लो १५ बर्षयता भने उनी बारम्बार नेपाल, श्रीलंका र भारतको भ्रमण गरिरहेको देखिन्छ ।

उनको भ्रमणको उदेश्य नै बालकहरुलाई फकाउनु र उनीहरुमाथि यौन दुराचार गर्नु रहेको आशंका छ ।





Comments

comments

Leave a Reply

18605