उपराष्ट्रपति चीन, उपप्रधानमन्त्री भारत जाँदै

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन असार २२ गते चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा आइतबार (१८ गते) नै भारत जाँदैछन्।

एक साताबीच दुई छिमेकी भारत र चीनको महत्त्वपूर्ण भ्रमण हुन लागेको खबर कान्तिपुरमा छ।

उपप्रधानमन्त्री महराको औपचारिक भारत भ्रमणका मुख्य तीन एजेन्डा तय भएको छ । नेपाल–भारत दुईपक्षीय संयन्त्रहरूलाई थप सक्रिय बनाउने (जसअन्तर्गत विभिन्न सहयोगको समीक्षा हुने), प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी गर्ने र सार्क शिखर सम्मेलनको वातावरण तय गर्ने भ्रमणका प्रमुख एजेन्डा तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

यीबाहेक पञ्चेश्वर, अरुण तेस्रो, सीमा नियमन, वर्षामा हुने डुबानलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । दुईपक्षीय सद्भाव थप सबल बनाउन भ्रमण हुन लागेको परराष्ट्रले विज्ञप्तिमा जनाएको छ ।

महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विपक्षी नेताहरू र नेपालका लागि पूर्वराजदूतहरूसँग भेटवार्ता गर्नेछन् । दिल्लीमा उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले अहिलेसम्म अघि बढाएको विषय र त्यसमा भइरहेका प्रगतिबारे पनि छलफल गर्नेछन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18607