हङकङको नयाँ कार्यकारी प्रमुख केरी लामद्वारा शपथ ग्रहण


तस्वीरः रोयटर्स

न्युज डेस्क / एचकेनेपाल डट कम-
हङकङ, १ जुलाई । हङकङको चौथौं कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएकी केरी लामले शनिवार शपथ ग्रहण गरेकी छन्।

हङकङ भ्रमणमा रहेका चिनीयाँ राष्ट्रपति सि जिनपिङको उपस्थितिमा लामले शपथ ग्रहण गरेकी हुन्।

फिक्का गुलाबी रङको आवरणमा सजिएकी ६० वर्षीया लामले दाहिने हात उठाएर राष्ट्रपति जिनपिङको अगाडि शपथ ग्रहण गरिन्।  म्यान्डारिन भाषामा शपथ ग्रहणपछि लामले राष्ट्रपति जिनपिङसंग हात मिलाइन्।

लामले एक देश, दुई प्रणाली व्यवस्थाको रक्षा गर्ने र हङकङ र मुख्यभूमि बीचको सम्बन्ध विकास गर्न मद्दत गर्न प्रतिबद्धता जाहेर गरिन्।

हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भए पनि यसले केही स्वायत्तता हासिल गरेको छ। बेलायतको उपनिबेशको रुपमा रहेको हङकङलाई बेलायतले सन् १९९७ जुलाई १ तारिख चीनलाई हस्तान्तरण गरेको थियो।

त्यसपछि बेलायतबाट स्वतन्त्र भएको हङकङले प्रत्येक वर्ष जुलाई १ तारिखका दिन हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापना दिवसको रुपमा मनाउंदै आएको छ। यस दिन हङकङमा सार्वजनिक बिदा दिने गरिन्छ।

यस पटकको स्थापना दिवसको २० औं वार्षिकोत्सव र चिनीयाँ राष्ट्रपति सि जिनपिङको समेत उपस्थिति रहेकाले विशेष रुपमा हेरिएको छ।

यो पनि हेर्नुहोस्
चिनीयाँ राष्ट्रपति सि जिनपिङ हङकङमा





Comments

comments

Leave a Reply

18610