बम फालेर प्रहरी हवल्दार यसरी बने सेलीब्रेटी

मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर रानाको हकमा पनि।

काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी बनेको खबर नेपाल समाचरपत्रले छापेको छ ।

कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो ।

कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने, प्रहरीले दिएको जिम्मेवारी पूरा गर्न म सहित ६७ जनाको टिम दाङ पुगेका थियौं । र, मलाई तुलसीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो ।

बिहान नौ बजेसम्म केही पनि भएको थिएन । साढे ९ बजे बुथ केन्द्रमै पुग्ने गरी पूर्व दक्षिण भागबाट बम आयो । त्यस ठाउँमा हुस्सु लागेको थियो ।

कसले बम फाल्यो भन्ने थाहा हुन सकेन । बम खस्न लागेको मात्र देखें । मलाइ बमसम्बन्धी सामान्य जानकारी थियो । त्यो सकेट बम रहेछ ।

जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर आत्माले सोच्यो । र बम हातमा समात्नेबित्तिकै फाल्दिहालें । फालेको दुई-तीन सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो । र सबैले सहज तरिकाले मतदान गर्नुभयो ।





Comments

comments

Leave a Reply

18663