राजधानीका ६ सय स्थानमा जेब्राक्रस राखिने

सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा ६ सय जेब्राक्रस राखिने भएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलको समन्वयमा बनेको उपत्यकाको पूर्वाधार एवं यातायात व्यवस्था सुधार समितिले जेब्राक्रस राख्ने सडकको पहिचान गरेपछि उक्त प्रक्रिया अगाडि बढाउन लागिएको खबर अन्नपूर्ण पोस्टमा छ।

हाल काठमाडौंमा तीन सयवटा जेब्राक्रस छन् । सडकको पूर्वाधारविनै सडक प्रयोगकर्तालाई जरिवाना तोक्ने कार्य राम्रो नभएको र जेब्राक्रस थप गरे दुर्घटना न्यूनीकरणमा समेत ठोस पहल गर्ने बुझाइ समितिको छ । गत आइतबार मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बसेको समितिको बैठकमा शाक्यले ‘कामको परिणाम तत्काल देखिनुपर्‍यो।

समिति गठन भएदेखि अहिलेसम्म के–कति सुधार भए ? ’ भनेर कड्किएपछि पौडेलले समितिका कार्य प्रगतिबारे विस्तारमा उल्लेख गर्नुभएको थियो । पौडेलले १५ दिनभित्र राजधानीवासीलाई सुधारको महसुस हुने खालको कामको तयारी भइरहेको जानकारी बैठकमा गराउनुभएको थियो।

वर्षातमा ढलबाट बाहिर निस्किएको माटो सफा गर्ने, कालोपत्रे गरेको केही दिनमै सडक भत्किनेजस्ता समस्या समाधान गर्न समितिमा भएका कार्यालयले समन्वयमा काम गर्ने सहमति भएको जवाफ पौडेलले दिनुभएको थियो।





Comments

comments

Leave a Reply

18674