पत्नीले चुनाव हारेपछि पुरोहितले यस्तो निर्णय गरे

धनकुटा -पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर गाउँपालिका–५ मा महिला सदस्य उम्मेदवार थिइन् ।

‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’

दाहालले जजमानको घरमा मृत्युपछिको मासिकसमेत नगरिदिएपछि गाउँमा खैलाबैला छ । महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारीमा बसेका छथर जोरपाटी गाउँपालिका–५ ताम्लिङका राजेन्द्रप्रसाद चापागाईलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाट ‘चुनावमा भोट नदिएकाले नआउने’ जानकारी दिएका थिए ।

‘म अबदेखि मूलबाटो मुनिका सबै घरमा पुरेत भएर कहिल्यै जान्नँ,’ पत्नीले चुनाव हारेकाले आक्रोशित दाहालले भने, ‘मर्दा–पर्दा चाहिने पुरेत र जजमानको साइनो भुलेर भोट नहाल्नेलाई म पनि तिरस्कार गर्छु ।’ कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

18684