धरानमा मेगा फुड फेस्टिवल


सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, युवाहरुलाई देशमै रोजगार बनाउन र देश तथा विदेशमा जाने नेपालीहरुलाई दक्ष बनाउने उद्देश्यसहित धरानमा स्थापना भएको होटल म्यानेजमेन्ट र हस्पिटालिटी सम्बन्धी पढाई हुने कलेज धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कलेज सुरु गरेको पहिलो बर्षलाई मेगा फुड फेस्टिभलको रुपमा भब्यरुपमा सम्पन्न गरेको छ।

कलेजमा अध्ययन सकेर इन्टर्न गरिरहेका तथा विदेशका विभिन्न फाइभ स्टार होटलहरुमा जाने विद्यार्थीहरुले बनाएको विभिन्न परिकारहरु सोमबार धरानस्थित सैनिक भवनको प्रागनमा आगन्तुक ५०० भन्दा बढी पाहुनाहरुलाई चखाएका थिए।

कार्यक्रममा मनोरंजनका लागि धरानको द आउटसाइडर्सले आफ्नो चर्चित गीतहरु माइली , चुरोट(खैनी) , आउँछु म भनेरलगायात गीतहरु प्रस्तुत गरेका थिए भने चर्चित गायिका तृष्णा गुरुङले खनी ह्यामु हे कान्छा, गाइने दाजै ,सोचेको कुरा ,खुशी हुन्छु , गुराँसै फुल्यो लगायतका आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुको वाहवाही पाएकी थिइन्।

मेगा फुड फेस्टिवल को अर्को आकर्षण समर कलेक्सन र गाउन तथा कोट सिक्वेन्समा १६ जना मेल तथा फिमेल स्थानीय मोडलहरुले र्याम्प नापेको दृश्यहरु पनि कम रोमान्चक थिएन।

इक्सा मादेनले संचालन गरेको ४ घण्टा लामो कार्यक्रम बीचमा पानीले केहीबेर अवरोध गरेपनि कार्यक्रम निक्कै भब्यरुपमा सम्पन्न भएको थियो। कलेजले आफ्ना बिद्यार्थीहरुको क्षमता र दक्षतालाई अभिभाबक र सामाजका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई देखाउन आयोजना गरेको मेघा फुड फेस्टिवलको सफलताले गर्दा भबिष्यमा पनि आफ्नो कलेजको बिद्यार्थीहरुको लागि भएपनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने कलेजका सीइओ लोकेन्द्र श्रेष्ठले बताउनुभयो।





Comments

comments

Leave a Reply

18716