बेलायतकी सुन्दरी गायिका ममतालाई मायामा बांध्ने को होला ?

नबिन पोखरेल

लन्डन । लन्डनवासी नवगायिका ममता गुरुङले पहिलो एल्बम 
‘ममता’ श्रोतासमक्ष ल्याएकी छन् । गत अप्रिल २६ मा नेपालमा विमोचित उक्त एल्बम केही दिन अघि बेलायतमा समेत विमोचन गरियो।

५ वटा गीत समावेश गरिएको उक्त एल्बममा ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको रचना अनि बास्कोटा, सुरेश मानन्धर, दावा गुरुङ, ताराप्रकाश लिम्बु र इन्द्र आरपीको संगीत छ।

एल्बमसंगै म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । ममता र ताराप्रकाश लिम्बुले गाएको ‘बांध न बांधन मायाले मलाई…’ बोलको गीतमा म्युजिक भिडियो बनाइएको हो जसको निर्देशन अर्जुन अधिकारीले गरेका छन् । भिडियोमा ममता र पुष्प खड्काको अभिनय छ।

छोटो समयमै म्युजिक भिडियो दर्शकहरुको रोजाइमा परेपछि ममता दंग छन् । ‘प्रवासमा रहेर संगीतकर्म कम्ती चुनौतिपूर्ण 
छैन’, ममता भन्छिन्, ‘तर, संगीतप्रतिको मेरो लगावले पढाइ सकेपछि यतातिर लागें ।’

बिगत ७ वर्षदेखि बेलायत बस्दै आएकी चितवन माडी निवासी ममताले अब आफ्नो करिअर संगीतमै बनाउने सोच बनाएकी छन् ।

म्युजिक भिडियो हेर्नुहोस्ः





Comments

comments

Leave a Reply

18745