बेलायतमा नेपाली युवा समूहले वार्षिकोत्सव धुमधामले मनाए


रोशन मेवाहाङ्ग
/ एचकेनेपाल डट कम-

लण्डन, आषाढ २९ । केन्ट, डोभरस्थित कम्युनिटी हलमा बेलायतका विभिन्न शहरबाट करिब ४ सय युवाहरु भेला भई लगातर दुई दिनसम्म नेपाली युवा समूहले धुमधामका साथ वार्षिकोत्सव मनाए।

कार्यक्रमका सभापतित्व ड्रागन व्याईजका प्रमुख पूर्व नेपालका राष्ट्रिय तथा व्रिटिस आर्मी बक्सिङ टिमका खेलाडी प्रेम गाहा मगर र एनआरएन वेलायतका युवा संयोजक रिचर्ड गुरुङ्गले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि रहेका मिस्टर नेपाल च्याम्पियन अफ द च्याम्पियन तथा दुई पटक धर्मश्रीको उपाधि चुमेका सानु गुरुङ र गोर्खा वारियरका विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको कार्यक्रमलाई मिस युरोपियन (२००७) को राजकुमारीको उपाधि चुमेकी एलिना गुरुङ र एण्डि राईले संयुक्त रुपमा संचालन गरेका थिए।

नेपाली युवा समूहका प्रमुख रिचर्ड गुरुङले भने–‘ पछिल्लो समय बेलायतमा युवाहरु बढिरहेका छन्, युवाहरुलाई एकजुट गराउन सकिए राष्ट्रका लागि विदेशमा ज्ञान हासिल गरिएका शिपमूलक कार्य तथा रचनात्मक कार्यहरु गर्न सकिने सम्भावना रहेको जिकिर गरे ।’ आगामी दिनहरुमा युवाहरुका लागि मात्र निशाना नगरी नेपाली समुदाय र अग्रजहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए।

कार्यक्रममा बेलायतका विभिन्न शहरहरु डोभर, फोक्सटन्, आश्फोड,मेडस्टोन,चाथम, जिलिङहाम, पल्मस्टिड, हन्सलो,हृारो, नर्थहल्ड, वेम्बली, अल्डरसट,फार्नवरो,बेजिङ्गस्टोक,टिडवर्थ,क्याम्वली,वेमाउथ,पोट्स्माउथ, साउथ हम्टन,रेडिङ,स्विन्डन, अक्सफोर्ड, व्रिस्टोल,बाथ लगायतका प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख संयोजक कुमार थापाले आगमी दिनहरुमा वेलायतका सम्पुर्ण नेपाली युवाहरु र अग्रजहरुका विच नियमित सम्पर्क गदै रचनात्मक कार्यलाई विशेष ध्यान पुर्याउन आवाश्यक रहेको जानकारी दिदै प्रतिनिधि गर्ने संयोजकहरुलाई धन्यवाद दिएका थिए।

समूहका प्रवक्ता योगेन्द्र राई र संघका सल्लाहकार गजेन्द्र गुरुगंले युवा समूह वेलायतले हरेक बर्ष बार्षिकोत्सव वृहतरुपमा मनाउदै जाने बताए।





Comments

comments

Leave a Reply

18789