भानुभक्तबारे छलफल

काठमाडौँ, साउन ३०

साझा प्रकाशनले नरेन्द्रराज प्रसाईकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक कृतिबारे आज समालोचनात्मक गोष्ठीको आयोजना गर्यो।

आदिकवि भानुभक्त आचार्यको २०४औँ जयन्तीका अवसरमा साझा प्रकाशनले सो कृति दोस्रो संस्करण प्रकाशनमा ल्याएको हो। सो कृतिको प्रथम संस्करण २०७१ सालमा नेपाल सरकार संस्कृति मन्त्रालयको सौजन्यमा नइ प्रकाशनले प्रकाशित गरेको थियो।

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सञ्चालित सो समारोहमा समालोचकहरू डा.मोदनाथ प्रश्रित, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.महादेव अवस्थी, प्रा.डा.उषा ठाकुर, प्रा.डा.गार्गी शर्मा, इन्दिरा प्रसाई, डा.लक्ष्मणप्रसाद गौतम, डा.ऋषिराम शर्माका साथै साहित्यिक राजनीतिज्ञ दीनानाथ शर्मा तथा प्रदीप नेपालले आआफ्नो मन्तव्य प्रकट गर्नुभयो । उहाँहरूबाट भानुजीवनीमा मतमतान्तर र भानुजीवनीबारे देखिएका विवादहरूलाई नरेन्द्रराज प्रसाईबाट सामाधान गर्ने प्रयास भएको सन्दर्भमा मन्तव्य प्रकट गरिएको थियो।

सो समारोह साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको सभापतित्वमा सञ्चालित थियो।

भानुभक्त जीवनीमाथि रहेका अनेक विवाद र शङ्कोपशङ्काको निवारणार्थ प्रसाईको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ कृति अगाडि आएको हो । प्रस्तुत कृतिले भानुभक्तमाथि रहेका जन्ममिति, घाँसी र भानुभक्तको प्रसङ्ग, भानुभक्तले जागिर खाएको प्रसङ्ग, ‘वधूशिक्षा’मा प्रयोग भएको ‘वेश्या’ र ‘वैश्य’ शब्दलगायत ‘भानुभक्तको जन्मकुण्डली’ र भानुभक्तको मौलिक तस्बिर आदि विषयको विवाद समाधानार्थ प्रयास गरेको छ ।

प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईको भानुजीवनीलाई अद्यावधिक र मानक भानुजीवनी मान्नुभएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18802